धनुषा ३ मा एमाले उम्मेदवार जुली महतो विजयी

काठमाडौं : धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन्।  महतो सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मत अन्तरले पराजित गर्दै महतो विजयी भएकी हुन्।जुलीले ३३ हजार ३५५ मत प्राप्त गर्दाअनिलले २३ हजार ६८६ पाए। एमालेले यो क्षेत्रमा एकल प्रतिस्पर्धा गरेको थियो।