प्रदेश १ नामकरण: कोशी प्रदेशमाथिको प्रस्तावमा संशोधन प्रस्ताव दर्ता, संसद्‍को अर्को बैठक सुरु

प्रदेश १ काे नाम 'काेशी प्रदेश' राख्ने प्रस्तावमाथिकाे छलफल सकिएकाे छ । सभामुख बाबुराम गाैतमले उक्त प्रस्तावमाथि संशाेधन दर्ताका लागि दिएकाे दुई घण्टाकाे समयमा एउटा संशाेधन प्रस्ताव दर्ता भएकाे छ । अहिले अर्काे बैठक सुरू भएकाे छ ।