हवाई चापलाई व्यवस्थापन गर्न अन्तरराष्ट्रिय विमानस्थल २४ सै घण्टा  सञ्चालन गर्ने तयारी

वैशाख ३, काठमाडौं । अन्तरराष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएका छन् । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तरराष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो ।      त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) सहित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल पनि अब २४ सै घण्टा सञ्चालन हुने प्राधिकरणले बताएको छ । प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि टीआईएलाई २४ सै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिए । उनले  कोभिड महामारीपछि बढेको हवाई चापलाई व्यवस्थापन गर्न काठमाडौंको विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने निर्णय भएको बताए ।      कोभिडपछि अन्तरराष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा उडान चाप बढेको छ । उडान चाप बढ्नु सुखद् पक्ष पनि हो । हवाई यातायातको बढोत्तरी मुलुकको अर्थतन्त्रका लागि पनि धेरै राम्रो अवसर भएको प्राधिकरणको बुझाइ छ । साथै यसको व्यवस्थापनमा चुनौती उत्तिकै छन् । त्यसैले विमानस्थलको प्रभावकारी व्यवस्थापनका लागि आफूहरु जुटिरहेको महानिर्देशक अधिकारीले बताए । यसअघि २०७५ जेठमा तत्कालीन पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीले टीआईए २१ घण्टा सञ्चालनमा ल्याएका थिए ।बिहान ६ देखि राति १२ बजेसम्म १८ घण्टा सञ्चालन हुँदै आएको उक्त विमानस्थललाई तीन घण्टा थपेर २१ घण्टासम्म सञ्चालनमा ल्याएको थियो । यद्यपि टीआईएको धावनमार्गको जीर्णोद्धारको काम शुरु भएपछि पुनःउडान सञ्चालन अवधि घटेको थियो । त्यसपछि कोभिडका कारण देशभर बन्दाबन्दी लागू भएपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडान कटौती हुँदै जाँदा विमानस्थल सञ्चालन समय घटाइएको थियो ।           कुल ९२ लाख यात्रु क्षमताको टीआईएमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए । कोभिड महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्नसक्ने अवस्था थिएन । काठमाडौं विमानस्थलको विकल्पका रुपमा पनि गौतमबुद्ध विमानस्थललाई हेरिएको छ ।    गौतमबुद्धको विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालन     प्राधिकरणले यही वैशाख ८ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग सञ्चालनमा ल्याउने भएको छ । महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो १ हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तरराष्ट्रियतर्फको ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गर्न लागेको हो ।      गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालन हुने भए पनि अहिले अन्तरराष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीबाट हुने प्राधिकरणले बताएको छ ।      अब विदेशी जहाजले काठमाडौं विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आकस्मिक कारणमा भैरहवा विमानस्थलमा अवतरण गर्न सक्नेछन् । महानिर्देशक अधिकारीका अनुसार फागुन पहिलो सातादेखि नै विमानस्थलको टावर सञ्चालनमा आइसकेको छ । न्यारोबडी र वाइडबडीका लागि भैरहवाको धावनमार्ग तयार भएको छ । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ । आन्तरिक उडान राति १२ बजेसम्म सञ्चालन हुने     रात्रिकालीन उडानयोग्य पूर्वमेचीदेखि सुदूरपश्चिम धनगढीसम्मका विमानस्थमा अब राति १२ बजेसम्म सेवा सञ्चालन हुने भएको छ । नियामक प्राधिकरणले भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।      यसले काठमाडौँ विमानस्थलको विद्यमान उडान चाप पनि व्यवस्थापन हुने तथा कोभिड कहरपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ । प्रादेशिकरुपमा आर्थिक गतिविधि बढ्नेछन् । उडान चापले यात्रा डिले हुँदा घण्टौंसम्म यात्रुले विमानस्थलमा निकै सास्ती व्यहोर्दै आएका छन् । उडान ढिलाइ भएकै कारण घण्टौं यात्रुले विमानस्थलको भुइँमा बस्नुपर्ने, बालबालिकाले व्यहोर्नुपर्ने सास्ती हटेर जाने बताइन्छ । रात्रि उडानका लागि नेपालमा उडान भर्ने आन्तरिक र अन्तरराष्ट्रिय एयरलाइन्ससँग छलफल भइसकेको प्राधिकरणले बताएको छ । देशभरका विमानस्थलमा आधुनिक टर्मिनल भवन     प्राधिकरणले देशैभरका आन्तरिक विमानस्थलको पुरानो टर्मिनल भवन भत्काएर नयाँ आधुनिक सुविधासम्पन्न र व्यावसायिक बनाउने घोषणा गरेको छ । महानिर्देशक अधिकारीले ७० वर्षभन्दा बढी पुराना देशभरका टर्मिनल भवन भत्काएर दुई वर्षभित्र नयाँ अत्याधुनिक भवन बनाइने बताए । रासस

सम्बन्धित सामग्री

चार अन्तरराष्ट्रिय विमानस्थल पीपीपीमा व्यवस्थापन

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले चारओटा अन्तरराष्ट्रिय विमानस्थल निर्माण तथा व्यवस्थापन सार्वजनिक–निजी–साझेदारी (पीपीपी) अवधारणामा गर्ने निर्णय गरेको छ ।  प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त अवधारणामा तीनओटा विमानस्थल सञ्चालन र विस्तार तथा निजगढ विमानस्थल बनाउने निर्णय गरेको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन तथा विस्तार र प्रस्तावित निजगढ विमानस्थल निर्माण उक्त अवधारणामा गर्न आवश्यक निर्णय र छलफलका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पठाएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।  अहिले तीनओटा अन्तरराष्ट्रिय विमानस्थल भए पनि त्रिभुवनबाहेक अन्य क्षमताभन्दा न्यून रूपमा उपयोग भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो एकवर्षे कार्यकालको प्रगति विवरण पुस १० गते सार्वजनिक गर्दै अन्तरराष्ट्रिय विमानस्थल सोही अवधारणामा बनाउने तयारी भएको बताउनुभएको थियो । अहिले प्राधिकरणले उक्त अवधारणामा विमानस्थल सञ्चालन तथा व्यवस्थापनका लागि साझेदार भित्त्याउन ठोस कदम चालेको छ ।  सबैभन्दा पुरानो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हो । २०७९ जेठ २ गते गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको थियो । अहिले तीनओटा अन्तरराष्ट्रिय विमानस्थल भए पनि त्रिभुवनबाहेक अन्य क्षमताभन्दा न्यून रूपमा उपयोग भएका छन् ।  सञ्चालनको एक/डेढ वर्ष हुँदा गौतमबुद्ध र पोखरा विमानस्थल राम्रोसँग चल्ने संकेत नदेखिएका बेला सरकारले उक्त अवधारणामा निजगढ विमानस्थल बनाउने गरी चारओटै विमानस्थललाई एउटै प्याकेज बनाउनेछ । सबैभन्दा बढी आम्दानी हुने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पनि प्याकेजमा राख्दा यी विमानस्थल व्यवस्थापनका लागि साझेदार भित्रन सक्ने आकलन प्राधिकरणको छ ।

अन्तरराष्ट्रिय विमानस्थल : काठमाडौँमा चाप, भैरहवामा यात्रु नहुँदा उडान बन्द

काठमाडौं : सरकारले पुस १७ गते आइतबार तामझामका साथ पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्यायो। तेस्रो अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइरहँदा यसअघि सञ्चालनमा आएको भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको उडान बन्द भएको छ। यता काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढी रहेको छ। आजभन्दा करिब ७ महिनाअघि तामझामका साथ उद्घाटन गरिएको विमानस्थलमा यति वेला अन्तरराष्ट्रिय उडान नै छैन।मौसम प्रतिकूलताको कारण देखाउँदै हिमालय एयरलाइन्स र जजिरा एयरलाइन्सल

‘क्यालिब्रेसन’ उडान सकेपछि प्रतिवेदनको पर्खाइमा पोखरा अन्तरराष्ट्रिय विमानस्थल

पर्वत : आरम्भ गरेको ७ वर्षपछि निर्माणको काम सकिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल अब ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन पर्खिएर बसेको छ।गत मंसिर ५ गते साँझ ४ बजेबाट शुरु भएको ‘क्यालिब्रेसन फ्लाइट’को काम मंसिर ११ गते सकिएपछि अब प्रतिवेदनको पर्खाइमा बसिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले बताए।‘थाई एयर’को विमानले ‘क्यालिब्रेसन फ्लाइट’ गरेर उडानमा विमानस्थलको ‘एयर ट्राफिक कन्ट्रोल’ सम्बन्धी परीक्षण, भौगोलिक अवस

नवनिर्मित पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

नवनिर्मित पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल । तस्बिर : राधिका कँडेल, रासस नवनिर्मित पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल परिसर

तस्वीर : निर्माणाधीन पोखराको अन्तरराष्ट्रिय विमानस्थल

हवाई जहाजबाट बुधवार बिहान देखिएको पोखरामा निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थल । उक्त विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । उक्त विमानस्थलको निर्माणकार्य सन् २०१७ नोभेम्बरबाट शुरु गरिएको हो । तस्वीर : रासस

वैशाख १ देखि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुन्छ : मन्त्री आले

बुटवल : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले  वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल शुभारम्भ गरिने बताएका छन्।मन्त्री आलेले फागुन १५ गतेसम्म यान्त्रिक परीक्षण उडान हुने र त्यसको रिपोर्ट आइसकेपछि वैशाख १ देखि गौतमबुद्ध विमानस्थल शुभारम्भ गरिने खुलासा गरेका हुन्। विमानस्थल निरीक्षण गर्न शनिबार भैरहवा आएका मन्त्री आलेले विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सम्पन्न भइसकेपछि नेपाल एयरलाइन्सको ध्वजावाहक विमान वाइडबडीबाट परीक्षण उडान गरिने बताए।उनले यान्त्र

चट्याङका कारण गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल बन्द

काठमाडाैं : वर्षासँगै परेको चट्याङका कारण भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल आजबाट बन्द भएको छ।शुक्रबार दिउँसो करिब ४ बजे परेको चट्याङका कारण टावरमा समस्या आएपछि विमानस्थल बन्द भएकाे हाे।विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले  टावरमा चट्याङ परेपछि तार चुँडिएको र रनवेका लाइट बन्द भएका कारण विमानस्थल बन्द गरिएको जानकारी दिए। उनले काठमाडौंबाट आवश्यक सामान ल्याएर शनिबार दिउँसोसम्म मर्मतको काम गरिने बताए। विमानस्थल बन्द भएपछि यात्रु फर्किएका छन्।

निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थल (फेटोफीचर)

पोखरा, ५ मंसिर । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल । तस्वीरः राधिका कँडेल, रासस

तस्वीर : निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल । उक्त विमानस्थलमा २०२२ जनवरी १ (पुस १७ गते) बाट आन्तरिक उडान शुरु गर्ने तयारी भएको बताइएको छ । तस्वीर : रासस

भैरहवाभन्दा पहिले पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति सन्तोषजनक नरहेको अवस्थामा कास्कीको पोखरामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थल भने तोकिएकै समयमा सम्पन्न हुने भएको छ । अहिले भइरहेको कामहरूको प्रगतिको आधार हेर्दा भैरहवा अन्तरराष्ट्रिय विमानस्थलभन्दा पहिले नै पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने देखिएको छ ।विमानस्थल आयोजनाका अनुसार विमानस्थलको ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । यस्तै करीब ५१ प्रतिशत वित्तीय प्रगति भएको छ । तोकिएको काम सम्पन्न भएपछि मात्रै ठेकेदारलाई पूरा भुक