सुदूरपश्चिम प्रदेश सभा : प्रदेश प्रहरीसम्बन्धी विधेयक पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सभाको बैठकले प्रदेश प्रहरी सेवाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । आज बसेको प्रदेश सभाको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । यसअघि उक्त विधेयकमाथि भएको छलफलमा बलबहादुर सोडारी, देवकी मल्ल र महेशदत्त जोशीले...