हेटौंडा : जम्बो मन्त्रिमण्डल बनाएर आलोचित बन्दै आएको बागमती प्रदेश सरकार बजेट खर्चमा भने वर्षेनी पछाडि पर्दै आएको छ।नेपालको ७ वटा प्रदेशमध्ये सबैभन्दा धेरै मन्त्रालय र मन्त्री बनाएको प्रदेश सरकार बजेट खर्च गर्नमा भने वर्षेनी कमजोर बन्दै गएको हो। आर्थिक वर्षको अन्तिमसम्म बजेट खर्चमा सुस्त देखिने गरेको बागमती सरकारले अन्तिम असार महिनामा बजेट खर्च बढाउन जथाभावी रुपमा बजेट बाँड्ने गरेको छ।तर पनि बागमती प्रदेशमा बर्सेनि बजेट फ्रिज हुने दर बढ्दै गएको पाइएको छ। प्रत्येक आर्थिक वर्षमा बजेट प्रस्तुत