नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने भएकी छन् । आफनो चार वर्षे कार्यकाल पूरा गरी यान्छी अर्को महिना चीन फर्किन लागेकी हुन् । चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स (आसियान) क्षेत्रको राजदूतको रुपमा पठाउने भएको बताइएको छ ।राजदूत होउ फर्केसँगै नेपालका लागि नयाँ राजदूतमा को आउने हो ? त्यसबारेमा भने कुनै निर्णय चिन सरकारले सार्वजनिक गरेको छैन । यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूत