महानगर प्रमुखमा काँग्रेसबाट आकाङ्क्षी बढ्दै

भरतपुर महानगरको प्रमुख पदमा नेपाली काँग्रेसमा बागमती प्रदेशका मन्त्रीदेखि पार्टीका केन्द्रीय सदस्यले दाबी गरेका छन् । काँग्रेस महानगर समितिले आसन्न स्थानीय तह निर्वाचनका लागि दाबी गर्न दुई दिन दिएको नाम दर्तामा २५ जना स्थानीयदेखि केन्द्रीय तहसम्मका नेताले इच्छा जाहेर गरेका हुन् । उपप्रमुखमा २४ जनाको मनोनयन दर्ता भएको छ ।

सम्बन्धित सामग्री

११ जिल्ला रहेको गण्डकीका ३ स्थानीय तह प्रमुखमा महिला

पर्वत : ११ जिल्ला रहेको गण्डकी प्रदेशमा कुल ८५ ओटा स्थानीय तहहरू रहेका छन्।२०७४ सालको स्थानीय तहमा दलहरू एक्ला एक्लै लडेका कारण हरेक स्थानीय तहको उपप्रमुख/उपाध्यक्ष पदमा महिला उम्मेदवार उठाइएका थिए। यस पटक पाँच दलीय गठबन्धनका कारण उपप्रमुख/उपाध्यक्ष पदमा महिला उम्मेदवार कम रहेका थिए।०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट गण्डकीमा छ जना महिलाहरू स्थानीय तहको प्रमुख बनेका थिए।महिला सहभागिता र जागरणको बढ्दै गएको बेलामा यस पटक भने त्यो सङ्ख्या झनै घटेर तीनमा सीमित भएको छ। यस पटक पर्वतको मोदी गाउँपा

काठमाडौंमा बालेनको अग्रता अरु बढ्दै, सिर्जना दोस्रो स्थानमा

काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको अग्रता अरु बढेको छ । पछिल्लो मतपरिणाममा बालेनले ३९ हजार ६ मत पाउनुभएको छ । शाहले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवा सिर्जना सिंहभन्दा १६ हजार ९३४ मतले अघि हुनुहुन्छ । सिंहले २२ हजार ७२ मतका साथ दोस्रो स्थानमा उक्लिनुभएको छ । त्यसै गरी यसअघि दोस्रा स्थानमा रहनुभएका नेकपा …

वीरगन्जमा सिंह र सरावगीबीचको मतान्तर बढ्दै : प्रमुखमा ५,१११ मत बदर

वीरगन्ज । स्थानीय तह निर्वाचनअन्तर्गत वीरगन्ज महानगरपालिकामा मतगणना जारी छ । ३२ मध्ये ११ वटा वडाको ३१ हजार ७०१ मतगणना सकिएको छ । नगर प्रमुख पदमा पाँचदलीय सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का उमेदवार राजेशमान सिंहको अग्रता निरन्तर बढ्दै गएको छ । पछिल्लो गणनाअनुसार सिंहले १७ हजार दुई मत पाएका...

भरतपुर अपडेट : सुवेदीसँग १३९३ मन्तान्तर बढाएर रेनु दाहाल अग्रस्थानमा

जेठ ४, चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ । गठबन्धनबाट प्रमुख पदका उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र नेकपा (एमाले)का विजय सुवेदीबीचको मतान्तर एक हजार ३९३ पुगेको छ । दाहाल ९ हजार ४४७ मतका साथ अग्रस्थानमा छन् भने सुवेदी आठ हजार ५४ मतका साथ पछ्याइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल चार हजार २६५ मतका साथ तेस्रो स्थानमा छन् । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार २६५ र राप्रपाका हिमला गुरुङले ६ हजार ५७७ मत प्राप्त गरेका छन् । हाल भरतपुर महानगरपालिका–६ को मतगणना जारी छ । वडाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका कृष्णलाल श्रेष्ठ दुई हजार ६१ मत र नेकपा (एमाले)का डोलनारायण अधिकारीले एक हजार ७६१ मत प्राप्त गरेका छन् । यसअघि महानगरको वडा नं १, २, ४ र ५ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने वडा नं ३ मा एमालेका वडाध्यक्ष निर्वाचित भएका छन् । भरतपुर महानगर पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडीको प्रमुखमा एमालेले जित हासिल गरेको छ । इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले एवं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँचदलीय गठबन्धनको अग्रता कायम छ । रासस

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई ४५% भन्दा बढी मत

वैशाख ३१, धनगढी । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सदर मतको ४५ प्रतिशत मत पाएका छन् । धनगढीमा जारी मतगणनाको पछिल्लो परिणामअनुसार प्रमुखमा स्वतन्त्र उम्मेदवार हमालले ५५३ मत गणना गर्दा २५० मत पाएका छन् । उनलाई सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रमुखका प्रत्याशी नृपबहादुर वडले १६७ मतसहित पछ्याइरहेका छन् । तेस्रोमा नेकपा एमालेका रणबहादुर चन्दले २७ मत पाएका छन् । उपप्रमुखमा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)की शान्ति अधिकारीले ११८ मत पाउँदा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ८९ मतसहित पछ्याइरहेका छन् ।उपप्रमुखमै एमाले प्रत्याशी कन्दकला रानाथारूले ७६ मत पाएकी छिन् । आज मध्याह्नदेखि सुरु भएको उमहानगरपालिकाको मतगणनामा बदर मतको सङ्ख्या बढ्दै गएको देखिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५५३ सदर मतमा १०० मत बदर भएको छ । रासस

राजनीतिमा महिलाको सहभागिता बढ्दै

राजनीतिमा म्याग्देली महिलाको सहभागिता बढ्दै गएपनि उपल्लो तहका पदमा भने पुरुषकै वर्चश्व कायम छ ।जिल्लाको धवलागिरि गाउँपालिकामा बाहेक अन्य पाँचवटा स्थानीय तहका प्रमुखमा पुरुष र उपप्रमुखमा मात्र महिलालाई खुम्च्याइएकामा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भने महिलाले प्रमुख पद पाउनुपर्ने माग बढ्न थालेको छ । जिल्लामा सक्रिय ठूला राजनीतिक दलका नेतृत्व तहमा महिलाको […]