नेकपा (एमाले)ले कास्कीका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। मंगलबारदेखि सुरु भएको पहिलो पालिका अधिवेशनमा मादी, रुपा र अन्नपूर्ण गाउँपालिकामा सहमतिमा नेतृत्व चयन गरिएको हो। पोखरा महानगरपालिका र माछापुच्छ्रेमा भने सहमति नहुँदा नेतृत्व चयन हुन सकेको छैन।