देशभर १४ लाख जनाको पीसीआर परीक्षण : सबैभन्दा बढी कोरोना संक्रमण २१ देखि ४० वर्ष उमेर समूहकालाई

काठमाडौं : देशभर हालसम्म एक लाख ६० हजार ४०० जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ लाख ६९४ जनामा परीक्षण गर्दा उक्त संख्यामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो। हालसम्म नेपालभर कोभिड संक्रमणबाट ८७६ जनाको मृत्यु भइसकेको छ। हाल ४० हजार ६८१ कोभिडका सक्रिय संक्रमित

सम्बन्धित सामग्री

फेरि बढ्न थाले कोरोना संक्रमण

पुस, काठमाडौं। कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८५८ जनाको नमुना परीक्षणमध्‍ये ३१९ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा संक्रमण देखाएको हो । यस्तै बिहीबार २७ जना कोरोनाका संक्रिय संक्रमित पुगेका छन् । यसअघि मंगलबार ५ जनामा कोरोना संक्रमण पुष्टि […]

कानूनमन्त्री बडूलाई कोरोना संक्रमण

कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले बुधवार पीसीआर परीक्षण गराएका थिए । पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालले जानकारी दिए । मन्त्री बडूको स्वास्थ्य अवस्था सामान्य रहेको र अब केही दिन आइसोलेसनमा रहने उनले जानकारी दिए ।

शिक्षामन्त्री देवेन्द्र पौडेललाई पनि कोरोना संक्रमण

काठमाडौं, २६ पुस : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण भएको छ । सोमबार बिहान गरिएको पीसीआर परीक्षणका क्रममा मन्त्री पौडेललाई कोरोना पुष्टि भएको उनको सचिवालयले जनाएको छ । रुघा र सामान्य खोकी लागेपछि पौडेलले पीसीआर परीक्षण गरेका थिए । पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ। मन्त्री पौडेलले सोमबार […]

प्रधानमन्त्री देउवा आइसोलेसनमै, आज पीसीआर परीक्षण नहुने

काठमाडौं : माओवादी केन्द्रका नेताहरुलाई धमाधम कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री शेरबहादुर देउवाको आज आरटी पीसीआर परीक्षण नहुने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका थिए। शुक्रवार पीसीआर परीक्षण गर्दा प्रचण्डमा संक्रमण पुष्टि भएको थियो। दुई दिनअघि बालुवाटारमा…

प्रचण्डलाई कोरोना संक्रमण

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनदेखि अस्वस्थ भएका प्रचण्डको शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ ।

मेची अस्पतालमा रिएजेन्ट किट अभाव, पीसीआर परीक्षण बन्द

झापा : मेची अञ्चल अस्पताल भद्रपुरमा पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द गरिएको छ। अस्पतालमा पीसीआर किट ९रिएजेन्ट० को अभाव भएसँगै आज (शनिबार) देखि पीसीआर परीक्षण अनिश्चितकालका लागि बन्द गरिएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए।दोस्रो लहरको नयाँ भेरियन्टको कोरोना संक्रमण समुदाय स्तरमा फैलिएसँगै मेची अस्पतालमा पीसीआर परीक्षण गराउन आउनेको सङ्ख्या ह्वातै बढेको थियो। दैनिक २०० जना बढी मानिसहरू कोरोना संक्रमण भए/नभएको परीक्षण गराउन आउने गरेका थिए।‘पीसीआर परीक्षण गराउने आउन

पीसीआर परीक्षण गर्नेमध्ये ३० प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्नेमध्ये ३०.७१ प्रतिशतमा कोरोना संक्रमण भएको बताएको छ। पछिल्लो तीन दिनको तथ्याङ्कले यस्तो देखाएको मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार पछिल्लो तीन दिनमा कूल ४० हजार ९५१ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये १२ हजार ५८० जनामा कोरोना संक्रमण भएको पाइएको छ।

नोबेलले थाल्यो १५ सयमै पीसीआर परीक्षण

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले १ हजार ५ सय रूपैयाँमै पीसीआर परीक्षण गर्न थालेको छ । कोरोना संक्रमण पुनः बढ्न थालेका बेला नोबेलले पीसीआर परीक्षण शुल्क घटाएको हो । सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । सरकारले तोकेको भन्दा पाँच सय रुपैयाँ कम शुल्कमै नोबेलले पीसीआर परीक्षण गर्न थालेको हो । यसअघि नोबेलले २ हजार रुपैयाँमा पीसीआर परीक्षण गर्दै आएको थियो । कोरोना संक्रमण पुनः बढ्न थालेकाले कोरोना नियन्त्रणमा सहयोग पुर्‍याउन पीसीआर परीक्षण शुल्क घटाइएको नोबेल अस्पतालका सञ्चालक...

नोबेल अस्पतालले मोरङमा ७ सय ५० रुपैयाँमै पीसीआर परीक्षण गर्ने

काठमाडौं : मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले क्षेत्र नं. ३ र क्षेत्र नं.६ मा कोरोना संक्रमण भए/नभएको थाहा पाउन ७ सय ५० रुपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ।नोबेलले शुक्रबार सूचना जारी गरी यी निर्वाचन क्षेत्रका सर्वसाधरणलाई वैशाख मसान्तसम्म सहुलियत दरमा पीसीआर परीक्षण गर्ने जनाएको हो।दुबै निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पथरी-शनिश्चरे, कानेपोखरी, बेलबारी, सुन्दरहरैचा, बुढीगंगा र विराटनगरका ४५ वटा वडाका बासिन्दालाई ७५० रुपैयाँमा स्वाब संकलनसहित पीसीआर परीक्षण गरिने अस्पतालका सञ्चालक

केएमसीले १५ सयमै पीसीआर परीक्षण गर्ने

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले १ हजार ५ सय रूपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ । नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेका बेला केएमसीले शुक्रबारबाट पीसीआर परीक्षण शुल्क घटाएको हो ।सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । सरकारले तोकेकोभन्दा पाँच सय रुपैयाँ कम शुल्कमै केएमसीले पीसीआर परीक्षण गर्न थालेको हो । यसअघि केएमसीले १ हजार ९ सय ९९ मा पीसीआर परीक्षण गर्दै आएको थियो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेकाले संकटको