देशभर कोरोना संक्रमणका कारण आज थप २३ जनाको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५५० पुगेको छ। नेपालमा कोरोना भाइरस संक्रमण मृत्यु दर १.५ प्रतिशत रहेको छ। हालसम्म नेपालमा ७ लाख १६ हजार ४९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।