काठमाडौं। राष्ट्रिय बीमा कम्पनी, नेपाल प्रज्ञा प्रतिष्ठान, शिखर इन्स्योरेन्स र डिप्रोक्स लघुवित्तमा ठूलो संख्यामा कर्मचारी माग गरिएको छ।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा २४ जना र प्रज्ञा प्रतिष्ठानमा छ जनाको लागि रोजगारीको अवसर खुला गरिएको छ। शिखर इन्स्योरेन्समा व्यवस्थापन तहमा तीन जना र केही संख्यामा प्रशिक्षार्थी कर्मचारी पनि माग गरिएको छ।
सरकारी स्वामित्वका संस्थामा खुला र समावेशी समूहबाट आवेदन दिन सकिने छ।
त्यस्तै डिप्रोक्स लघुवित्तमा पनि केही प्रशिक्षार्थी सहित ६ जना व्यवस्थापन तहका कर्मचारी माग गरिएको छ।
यी पदमा पलस टु उतीर्णदेखि स्नातकोत्तर सम्म योग्यता हुनेहरुले आवेदन दिन सक्ने छन्।