विराटनगरबाट हुने उडान र अवतरण अनिश्चित

काठमाण्डाै - विराटनगर विमानस्थलमा आज पनि उडान नहुने भएको छ । धावनमार्ग बाहेक विमानस्थलका अरु क्षेत्रमा पानी जमिरहेकाले आज पनि उडान र अवतरण हुने सम्भावना कम रहेको विमानस्थल कार्यालयले जनाएको छ। ‘पानी पर्न रोकिएसँगै विमानस्थलको रन वे को पानी सुकेको छ तर, अन्य क्षेत्र सबै डुबान छ, यसले गर्दा आज उडान हुने सम्भावना छैन’ – विमानस्थलका एक कर्मचारीले उज्यालोलाई बताए ।  विमानस्थलमा आज विज्ञ टोलीले अनुगमन र निरीक्षण गर्नेछ । मिलेसम्म  विमानस्थलमा फसेका दुई वटा जहाजलाई भने काठमाण्...

सम्बन्धित सामग्री

मौसम खराब हुँदा त्रिभुवन विमानस्थलमा उडान–अवतरण प्रभावित

१० फागुन, काठमाडौं । मौसम खराब हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान–अवतरण प्रभावित भएको छ । बिहीबार साँझ सामान्य वर्षासँगैको तुवाँलोले ‘भिजिबिलिटी’ कम भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान–अवतरण प्रभावित भएको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार मौसम खराब हुँदा उडान–अवतरण प्रभावित भएको हो । कतारको दोहाबाट आएको कतार एयरवेजको एउटा जहाज केही समय ‘होल्ड’ […]

उडान अवतरण सामान्य हुँदै

काठमाण्डाै - भिजिबिलिटी बढ्न थालेसँगै सामान्य रुपमा उडान अवतरण हुन थालेको छ । बिहान भिजिबिलिटी १५ सय मिटरमा हुँदा काठमाण्डौको त्रिभुवन विमानस्थलबाट हुने उडान अवतरण प्रभावित भएको थियो । अहिले भने सामान्य रुपमा उडान अवतरण भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। केही दिनदेखि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम धुम्म भइरहेको छ । पश्चिमी वायुको प्रभावका कारण वायुमण्डलमा जलवाष्पयुक्त हावा थुप्रिएको र जमिनका धुवाँधुलो उडेर वायुमण्डलमा रहेको पानीमै मिसिँदा मौसम धुम्म भइरहेको मौसमविद् मञ्जु बासीले जानकारी...

हुस्सु हट्न थालेसँगै त्रिभुवन विमानस्थलमा उडान अवतरण सुरु

काठमाण्डाै - त्रिभुवन विमानस्थलबाट उडान अवतरण सुरु भएको छ । हुस्सु हट्न थालेसँगै उडान अवतरण सुरु भएको हो । बाक्लो हुस्सुका कारण बिहान अबेरसम्म उडान तथा अवतरण हुन सकेको थिएन । अवतरण गराउन नसक्दा दिल्ली, क्वालालम्पुर र सारजाहबाट आएका जहाज आकाशमै होल्ड गरिएको थियो । आन्तरिकतर्फ भने केही ठाउँमा अझै उडान हुन सकेको छैन ।  मौसम खुलेपछि चाप पर्ने भएकाले आन्तरिक उडानमा केही ढिलाइ हुन सक्ने विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

बिहानैदेखि उडान तथा अवतरण प्रभावित

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानैदेखि उडान तथा अवतरण प्रभावित भएको छ।...

खराब मौसमका कारण उडान तथा अवतरण प्रभावित

काठमाण्डाै - मौसम खराब भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानैदेखि उडान तथा अवतरण प्रभावित भएको छ । काठमाण्डौ उपत्यका बादलले ढाकेको छ । कतैकतै पानी परेको छ । भिजिबिलिटी कम भएकाले उडान र अवतरण प्रभावित भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो। तारा, बुद्ध र यतीका गरी ६ वटा उडान डाइभर्ट भएका छन् । ताराको लुक्ला–काठमाण्डौ जहाज रामेछापमा तथा बुद्धका चार र यतीको एउटा उडान जनकपुर डाइभर्ट भएको प्रवक्ता सिटौलाले बताउनुभयो । अन्तर्राष्ट्रिय उडानमा अहिलेसम्म समस्या नरहेको उहाँको ...

त्रिभुवन विमानस्थलमा आज पनि हवाई उडान र अवतरण प्रभावित

काठमाण्डाै – कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण आज पनि प्रभावित भएका छन् । आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । आज बिहान विमानस्थलको भिजिबिलिटी दुई हजार मिटर छ । न्यूनतम २८ सय मिटरको भिजिबिलिटीमा उडान र अवतरण सहज हुने भएकाले अहिले उडान र अवतरण प्रभावित भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । आज बिहानैदेखि काठमाण्डौको मौसम धुम्म छ । भिजिबिलिटी कम हुँदा हिजो र अस्ति पनि त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको थि...

भिजिबिलिटी कम भएर रोकिएका सबै उडान र अवतरण सुचारु

काठमाडौं : बाक्लो हुस्सु र कुहिरोका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक तथा बाह्य उडान सुचारु भएको छ। मौसमका कारण बिहानैदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भिजिबिलिटी बढेसँगै खुलेको हो।विमानस्थल खुलेसँगै काठमाडौं र सिमराको आकाशमा होल्डमा रहेका विमान अवतरण भएका छन्। विभिन्न देशबाट आएका विमानहरू अवतरण हुन नसकी आकाशमै होल्डमा थिए।त्रिभुवन विमानस्थल स्रोतका अनुसार अहिले आन्तरिक उडान तथा अवतरण पनि सुरु भइसकेको छ।अन्तर्राष्ट्रियतर्फ कतारको दोहा र दुबईबाट आएका

बिहानैदेखि बन्द विमानस्थल खुल्यो, सुरु भयो उडान र अवतरण

खराब मौसमका कारण बिहानैदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विदेशबाट आएर काठमाडौं र सिमराको आकाशमा होल्डमा रहेका विमानहरूले अवतरण गरेका छन् । यस्तै आन्तरिक उडान तथा अवतरण पनि सुरु भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । दोहा र दुवईबाट आएका ४ विमानले अवतरण गरेका छन् भने आन्तरिक उडानतर्फ पोखरा, भद्रपुर र विराटनगरका लागि उडान सुरु भएको छ ।   आज बिहान बाक्लो हुस्सुका कारण भिजिबिलिटी दर शून्य अवस्थासम्म पुगेका कारण विमानस्थल बन्द रहेको थियो । विमानस्थल बन्द ह

सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान बाक्लियो, एकै महिना ३७२ पटक उडान र अवतरण

सोलुखुम्बु - सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरण हुने क्रम बढेको छ । खुम्बुमा पर्यटक आगमन बढेसँगै निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान हुने क्रम बढेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । कार्यालयका सूचना अधिकारी विष्णु रोकायाका अनुसार पछिल्लो एक महिनामा मात्रै साढे तीन सय पटकभन्दा बढी हेलिकप्टर उडान तथा अवतरण भएको छ । गएकाे असोज १५ गतेदेखि कार्तिक १५ गतेसम्म ३ सय ७२ पटक उडान तथा अवतरण भएको निकुञ्जको तथ्याङ्क छ । खुम्बु क्षेत्रमा पर्यटकहरुले भ्रमण, कार्गो ढुवानी तथा आकस्मिक उद्धारका लागि हेलिकप्टर...

नियमित उडान रोकिएपनि आज ९ अन्तर्राष्ट्रिय उडान-अवतरण

२४ वैशाख, काठमाडौं । बिहीबार रातीबाट नेपालमा नियमित अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको छ । आन्तरिक उडान भने यसअघि नै बन्द भएको थियो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार ९ वटा उडान-अवतरण हुँदैछन् । त्यसमध्ये तीन वटा जहाज बिहीबार राति विभिन्न गन्तब्यमा पुगेर काठमाडौं र्फकन लागेका हुन् । एउटा जहाज भारतबाट तोकिएको उडानअनुसार आउँदैछ । […]