रावलद्वारा राजीनामा फिर्ता

काठमाण्डाै - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिनु भएको छ । रावलले आज सभामुख अग्निप्रसाद सापकाेटालाई भेटेर राजीनामा फिर्ता लिनु भएको हो।संसद बैठक बस्नुअघि उहाँले राजीनामा फिर्ता लिनु भएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिनुअघि रावलको राजीनामा आएको थियो । तर, सभामुख सापकोटाले स्वीकृत भने गर्नु भएको थिएन ।रावललाई राजीनामा फिर्ता लिन पार्टीका नेताहरुले नै आग्रह गर्दै आएका थिए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमा...

सम्बन्धित सामग्री

विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलद्वारा राजीनामा

सुदूरपश्चिम प्रदेशसभा बैठकमा बिहीबार विश्वासको मत अस्वीकृत भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष बिहीबार साँझ राजीनामा दिनुभएको छ । प्रदेश प्रमुखलाई कार्यकक्षमा भेटेर मुख्यमन्त्री रावलले राजीनामा बुझाउनुभएको हो । प्रदेश प्रमुख देवराज जोशी प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमल बहादुर शाहलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको …

फरक मत राख्दै उपाध्यक्ष रावलद्वारा कार्यदलको संयोजकबाट राजीनामा

नेकपा एमालेका उपाध्यक्ष नेता भीम रावलले पाँच पृष्ठ लामो फरक मत राख्दै १० बुँदे कार्यान्वयन गर्न बनेको कार्यदलको संयोजकबाट राजीनामा दिने भएका छन्। उनले शुक्रवार ललितपुरको च्यासलस्थित बसेको एमालेको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सो घोषणा गरेका हुन्। उनले बैठकमा राजीनामाको घोषणा गरेको र लिखित राजीनामा भोलि पेस गर्ने बताएका छन्। बैठकमा आफूले पाँच पृष्ठ लामो फरक मत दर्जन गरेको समेत उनले बताए।

भीम रावलद्वारा कार्यदल संयोजकबाट राजीनामा, पाँच पृष्ठ लामो फरक मत

पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष रावलले सिद्धान्त र निष्ठाका लागि आफूले राजनीति गरेको भन्दै कमिटीहरूबाट पारित भएका विषय र बुँदाहरू अक्षरस पालना हुनुपर्नेमा जोड दिनुभयो ।

भीम रावलद्वारा सांसदबाट राजीनामा

नेकपा (एमाले) का सांसद भीम रावलले पदबाट राजीनामा दिएका छन् । एमाले विवाद समाधानका लागि क्रियाशील रावलले आइतबार सांसद पदबाट राजीनामा दिएका हुन् ।’पछिल्लो समय प्रतिनिधिसभाको विघटनदेखि पुनःस्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थामा आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश, जनता र पार्टीको हितभन्दा निजी स्वार्थ, […]

भीम रावलद्वारा सांसद पदबाट राजीनामा दिने घोषणा

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । दिउँसो सिंहदरबारमा भएको नेपालनिकट सांसदहरुको भेलामा एमालेका उपाध्यक्ष समेत रहेका रावलले यस्तो घोषणा गरेका हुन् ।

एमाले उपाध्यक्ष रावलद्वारा प्रतिनिधिसभा सदस्यबाट राजीनामा

नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले प्रतिनिधिसभा संसदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा विवाद भएपछि उहाँले पदबाट राजीनामा दिने निर्णय गरेको बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद भवन प्राङ्गणमा पत्रकारसँग कुरा गर्नुहुँदै नेता रावलले सो घाषणा गर्नुभएको हो । उहाँले सभामुख अग्नीप्रसाद सापकोटालाई राजीनामा बुझाउनुभएको छ । देश र जनतालाई सर्वोपरि ठानी आफूले अनैतिक राजनीति गर्नुभन्दा त्यसबाट अलग हुने निर्णय गरेको बताउनुभयो ।

भीम रावलद्वारा राजीनामा

काठमाण्डाै - नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।सङ्घीय संसद भवन बानेश्वरमा पत्रकारसँग उहाँले सांसद पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । राजीनामाको वक्तव्य पढ्दै उहाँले उच्च नेतृत्वको स्वेच्छाचारी र अनैतिक राजनीतिको मतियार बन्नुभन्दा राजीनामा दिन उपयुक्त ठानेको बताउनुभयो ।यसअघि एमाले सांसदहरुले रावलको राजीनामा रोक्ने प्रयास गरे पनि सफल भएनन्। माधवकुमार नेपाल समूहमा रहेका रावलले आफ्नो समूहका सांसदहरुको बैठकमा राजीनामा दिने घोषणा गर्नुभएको थियो...

एमाले नेता भीम रावलद्वारा सांसद पदबाट राजीनामा

नेकपा (एमाले) उपाध्यक्ष एवं सांसद भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन्।  रावल अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।  रावलको सचिवालयले उनले...

राज्यमन्त्री रावलद्वारा राजीनामा

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिनुभएको छ ।