आफ्नो सेना फर्काउन अमेरिकाले चाल्यो पहलकदमी, तर किम जोङले दिएनन् उत्तर (भिडियो)

परमाणु हतियारसम्पन्न राष्ट्र उत्तर कोरिया र अमेरिकाबीच लामो समययता विभिन्न विषयमा तिक्तता छ । विशेष गरी उत्तर कोरियाको परमाणु हतियारबाट अमेरिका सन्तुष्ट छैन । अमेरिकालाई सन्तुलनमा राख्न परमाणु हतियार गज्जबको अस्त्र भएको त्यहाँका सर्वोच्च नेता किम जोङ उनले बताउँदै आएका छन् ।