पूर्व युवराज्ञी हिमानी शाह छठमा वीरगंज आउँदै

वीरगंज : पूर्व युवराज्ञी हिमानी शाह बुधवार छठको सझिया घाटेको दिन वीरगंज आउने भएकी छन्। मंगलवार वीरगंजमा पत्रकार सम्मेलन गरी कार्यक्रम संयोजक डेभिड कार्कीले यसबारे जानकारी दिए। कार्कीका अनुसार पूर्व युवराज्ञी शाह चार दिन वीरगंजमा रहने कार्यक्रम रहेको छ। बुधवार साँझ ५ बजे वीरगंज आइपुग्ने पूर्व युवराज्ञी शाह कात्तिक २७…

सम्बन्धित सामग्री

हिमानी शाह अस्पताल भर्ना

काठमाडौँ–पूर्व युवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन्। घाँटीमा समस्या देखिएका कारण उनि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएकी छन्। उनको आबश्यक स्वाथ्य उपचार चलिरहेको अस्पताल स्रोतले जनाएको छ।

पूर्वयुवराज्ञी हिमानी अमेरिकामा

पूर्व युवराज्ञी हिमानी शाह अमेरिकामा आइपुगेकी छन् । हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय रहँदै आएकी उनी ट्रष्टकी अध्यक्ष पनि हुन् ।  अमेरिकामा ट्रष्टको शाखा खोल्ने भएपछि उनी वासिङटन डिसी आइपुगेकी हुन् ।  हिमानी ट्रष्ट अमेरिकाको बिहीबार उद्घाटन हुँदैछ । पूर्व युवराज्ञी हिमानी सोही शाखा उद्घाटन गर्न अमेरिका आएकी हुन् । हिमानीले पछिल्लो दशक हिमानी ट्रष्टमार्फत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आएकी छन् । समाजसेवामा सक्रिय रहेकी उनी ट्रष्टको शाखा उद्घाटन गर्न अमेरिका आइपुग

पूर्व युवराज्ञी हिमानी अमेरिकामा

हिमानी ट्रष्टकी अध्यक्ष एवं पूर्व युवराज्ञी हिमानी शाह अमेरिका पुगेकी छन् । अमेरिकाको वासिङ्टन डिसीमा बिहीवार हिमानी ट्रष्टको शाखा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । झण्डै एक दशकदेखि हिमानीले ट्रष्टमार्फत सामाजिक कार्यमा सक्रिय छिन् । कोरोना संक्रमण शुरू भएपछि भने ट्रष्टको काम प्रभावित भएको छ । अमेरिकामा ट्रष्टको शाखा उद्घाटन गरेर सहयोग जुटाउने योजना रहेको सहयोगीहरूले बताएका छन् ।

हिमानी ट्रस्ट युएसको उद्घाटन गर्न हिमानी शाह अमेरिकामा

अमेरिकामा रहेका नेपालीले खोलेको हिमानी ट्रस्ट युएसको उद्घाटन गर्न पूर्व युवराज्ञी हिमानी शाह बुधबार वासिंगटन डिसी पुग्नुभएको छ ।

पूर्व युवराज्ञी हिमानी शाहले वीरगंज पुगेर गरिन् छठी माताको पूजा

वीरगंज : पूर्व युवराज्ञी हिमानी शाह वीरगंज आएकी छन्। तराई मधेसको लोक आस्थाको पर्व छठको अवसरमा पूर्व युवराज्ञी शाहले वीरगंज पुगेर घडिअर्वा पोखरीमा पूजा आराधना गरी व्रतालुहरुसँग भेटघाट समेत गरेकी छन्। उनको स्वागतमा हेलिकप्टरबाट पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह तथा पूर्व यूवराज्ञी हिमानीको फोटो अंकित प्रचार…

पूर्व युवराज्ञी हिमानी शाह र अभिनेत्री मनिषा कोइरालाबीचको रमाइलो भेटघाट

काठमाडौँ, १० असोज । पूर्व युवराज्ञी हिमानी शाह र अभिनेत्री मनिषा कोइरालाबीच रमाइलो भेटघाट भएको छ । उनीहरुबीच हिजो (शनिबार) रात्रीकालिन समयमा भेटघाट भएको हो । मनिषाले आफ्नो सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै पूर्व युवराज्ञी हिमानीलगायत अन्य महिलाहरुसँग विशेष समय बिताएका लेखेकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्,‘बलियो महिलाहरुसँग बिताएको समय मेरो लागि हिजो […]

पूर्व युवराज्ञी हिमानी जनकपुरधाममा

पूर्व युवराज्ञी हिमानी शाह जनकपुरधाम आइपुगेकी छन् । हिमानी ट्रस्टले सोमबार आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी यहाँ आएकी हुन् । ट्रस्टले कन्या मावि स्कुलमा खानेपानी सम्बन्धी सामग्री वितरणका गर्ने कार्यक्रम राखेको छ । आइतबार साँझ हिमानीले जानकी मन्दिरमा विशेष पूजा पनि गरेकी छन् ।