नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको छ महिनामा १ अर्ब ४१ करोड खुद नाफा कमाएको छ । बैंकले जारी गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार बैंकले अघिल्लो वर्षको भन्दा ४.९३ प्रतिशतले नाफा वृद्धि गर्दै १ अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्ष यसै अवधिमा बैंकले १ अर्ब ३५ करोड ४ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १.८० प्रतिशतले बढेपनि सञ्चालन नाफा भने २०.०८ प्रतिशतले घटेको छ ।