बीमा हुन्छ तर भुक्तानी हुँदैन

पछिल्लो समय बीमा क्षेत्र बदनाम बन्दै गइरहेको छ । बीमाप्रति आम सर्वसाधारणको रुचि, चासो र विश्वास घट्दै गएको छ । चाहे त्यो निजी कम्पनीबाट प्रदान गरिने बीमा पोलिसी होस् या कुनै सरकारी बीमा कार्यक्रम नै ।यस्ता कार्यक्रमले बीमाप्रति आम सर्वसाधारणमा वितृष्णा बढाइरहेकै छ । यसको एउटै कारण भनेको भुक्तानीको सवाल नै हो । बीमा हुन्छ तर भुक्तानी हुँदैन । यो समस्यालाई मलजल पुग्ने गरी पछिल्लो पटक सरकारी स्तरबाटै आएका दुई वटा बीमा कार्यक्रमले समेत यो क्षेत्र बदनाम बन्न पुगेको छ ।के हुन् ती कार्यक्रम ?१. कोरोना

सम्बन्धित सामग्री

सूर्यज्योति लाइफद्वारा बीमा दाबी रकम भुक्तानी

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सर्लाहीका स्वर्गीय शेषपति शाहको परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ ।

बीमा प्राधिकरणका भुक्तानी अब अनलाइनबाटै

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को भुक्तानी प्रणालीमा नेपाल बीमा प्राधिकरण आवद्ध भएको छ ।यससँगै अब डिजिटल माध्यमबाट बीमा प्राधिकरणका भुक्तानी गर्न सकिने छ ।  यसका लागि नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  सम्झौता अनुसार प्राधिकरणको...

‘खल्ती’ र राष्ट्रिय बीमा संस्थान बीच बीमा प्रिमियम भुक्तानी सम्बन्धि सहकार्य

काठमाडौं । खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बीमा संस्थानसँग सहकार्य गर्ने संझौता गरेको छ । खल्ती सँगको यस सहकार्य स्वरूप उपभोक्ताहरूले अब खल्ती मार्फत राष्ट्रिय बीमा संस्थानको बीमा प्रिमियम तिर्न सक्नेछन् ।उपभोक्ताले बीमा तिर्न खल्ती एपको प्रयोग गरेर राष्ट्रिय बीमा संस्थान छनौट गर्नुपर्नेछ । त्यसपछि मागिएको विवरण भरि प्रिमियम […]

बीमा दाबी भुक्तानी नरोक्ने अध्यक्ष सिलवालको आग्रह

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा बजारमा विश्वसनीयता बढाउन र नकारात्मक प्रचार हुन नदिनका लागि सकेसम्म छिटो बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूलाई आग्रह गरेका छन् ।बिहीबार राजधानीमा बीमा समितिको आयोजनामा निर्जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत र बीमा सर्भेयर संघ, नेपालका पदाधिकारीहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले यस्तो आग्रह गरेका हुन् । ‘बीमा सर्भेयरबाट समयमै क्षतिको मूल्याङ्कन भयो र बीमा कम्पनीबाट पनि समयमा नै बीमा दाबीको भुक्तानी भ

बीमा दाबी भुक्तानी तोकिएकै समयमा गर्न निर्देशन

७ चैत, काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानी मनोगतरुपमा नगरी तोकिएकै समयमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । बीमा समितिको आयोजनामा आइतबार ललितपुरमा जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले बीमा दाबी भुक्तानी जानेर बुझेर पनि समयमै नदिएमा दाबी भुक्तानी अवधिपछि दिनगन्ती गरेर बीमा रकमको व्याज समेत […]

बीमा दाबी भुक्तानी समयमा गर्न सेवाग्राहीको माग

काठमाडौं । बीमा दाबी भुक्तानी समयमा नहुने गरेको प्रति सरोकार वालाहरुले गुनासो गरेका छन् । बीमा समितिले आइतबार सुर्खेतमा कर्णाली प्रदेश सरकारसँग गरेको बीमा सम्बन्धी छलफलमा उक्त गुनासो गरिएको हो । कार्यक्रममा सहभागीहरुले बीमा दाबी भुक्तानीको प्रक्रिया लामो एवम् झन्झटिलो रहेको, जोखिम बढी भएका क्षेत्रमा बीमा कम्पनीहरु बीमा गर्न अनिच्छुक देखिएको, कृषकहरूले बीमा गर्न चाहँदा […]

गलत मनसाय राखेर बीमा भुक्तानी दाबी गर्नेलाई कारबाही हुने

पछिल्ला दिनमा बीमा क्षेत्रमा विकृति तथा विसङ्गति बढेको भन्दै त्यस क्षेत्रको नियामक निकाय बीमा समितिले सम्वद्ध पक्षलाई कारबाहीको चेतावनी दिएको छ । गलत मनसायका साथ बीमा दाबी भुक्तानी परेको भन्ने व्यापक गुनासो आएपछि समितिले आज एक सूचनामार्फत गलत काम नरोकिए कारबाही गर्ने चेतावनी दिएको हो । ठगी गर्ने नियमतले बीमा दाबी भुक्तानी गर्ने प्रयास भएको पाइएकाले समितिले चेतावनी दिँदै भनेको छ, “बीमाको नाममा किर्ते र जालसाजीपूर्ण कागजात तथा बेहोरा पेश गरी ठगीलगायतका कसुर गर्ने गरेको पाइएको छ ।”

कोरोना बीमाका नाममा ‘ठगी’ : बीमा शुल्क उठाएर भुक्तानी दिएनन्

३० भदौ, काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले सर्वसाधारणहरुलाई सास्ती दिएका छन् । कोरोना संक्रमण भएको दाबी पेश गरेको ७ दिनभित्रै रकम भुक्तानी गर्ने भन्दै बीमा कम्पनीहरुले शुरु गरेको कोरोना बीमा योजना अनुसार भुक्तानी नपाउनेको संख्या ठूलो छ । नियमनकारी निकाय बीमा समितिको तथ्यांक अनुसार अहिलेसम्म एक लाख जनाभन्दा बढीले कोरोना बीमावापत पाउनुपर्ने भुक्तानी पाएका छैनन् […]

बीमा कम्पनीहरुबाट कोरोना बीमाको भुक्तानी बन्द

काठमाडौं । सरकारले तोकिएको रकम निकासी गर्न ढिलाइ गरेपछि सबै निर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी स्थगित गरेका छन् । नेपाल बीमक संघको आह्वानमा २० वटा निर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी नगर्ने औपचारिक निर्णय नै गरेका हुन् । सरकारले बजेट निकासी नगर्दा कम्पनीहरूले वैशाख यता नै कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ गरेका […]

रोकियो कोरोना बीमा दाबी भुक्तानी

काठमाडौं, बैशाख १४ । सरकारले आफ्नो दायित्वबापतको रकम नदिँदा कोरोना बीमाको दाबी भुक्तानी रोकिएको छ । कोरोना बीमामा कुल दाबी भुक्तानी रकम साढे ३ अर्ब रुपैयाँभन्दा माथि भएमा त्यसपछि दायित्व सरकारले बेहोर्नुपर्ने व्यवस्था छ । तर, अर्थ मन्त्रालयले त्यसबापतको रकम निकासी नगर्दा बीमा कम्पनीहरूले बीमितलाई दाबी भुक्तानी दिन सकेका छैनन् । नेपाल बीमक संघका एक […]