काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुने गरी कुनै पनि गतिविध गर्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालयहरूले मंगलवार निषेध आदेश जारी गर्दै २५ जनाभन्दा बढी भेला तथा जमघट नगर्न सूचित गराएका हुन् ।
सार्वजनिक स्थलमा धेरै मानिस उपस्थित हुने गरी कुनै पनि प्रशासनिक एवं सामाजिक क्रियाकलाप गर्न पनि रोक लगाइएको छ ।
साथै माघ ७ गतेदेखि सार्वजनिक स्थलमा निस्किन खोप कार्ड अनिवार्य गरिएको छ ।
कोरोना संक्रमण बढ्दै गएका बेला उपत्यकाका तीनै जिल्लामा उस्तै प्रावधान लागू गरिएको छ ।
हेर्नुहोस्, जिल्ला प्रशासन कार्यालय ललितप...