बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले असारे विकासको अन्त्य गरी बैशाख जेठ महिनामै सबै योजना सक्ने भन्दै आए पनि त्यो कार्यान्वयन भने हुन सकेको छैन।मध्य वर्षात्मा हुने विकास बजेट सक्ने बाहेक प्रभावकारी रुपमा विकास हुन सकेको छैन। स्थानीय सरकारदेखि केन्द्र र प्रदेश सरकार यसतर्फ गम्भीर बनेको पाइँदैन।अधिकांश निकायले असारमा सडक निर्माण गर्दै आएका छन्। असारमा खनिएका सडकहरू वर्षाले गर्दा प्रयोग गर्न नमिल्ने ब