संसदमा एमालेको विरोधप्रति स्वतन्त्र सांसदको आपत्ति, तर खारेज भयो नियमापत्ति !

प्रतिनिधि सभाका सभामुखको विषयमा नेकपा एमालेका सांसदले मर्यादाविपरीत राष्ट्रिय सभामा अमर्यादित शब्द बोलेको भन्दै माधव नेपालको समर्थनमा निर्वाचित स्वतन्त्र सांसद खीमलाल देवकोटाले आपत्ति जनाएका छन् ।  उनले सर्वोच्च अदालतमा विचाराधीन विषयमा सदनमा छलफल गर्न नमिल्ने भए पनि एमालेले कारवाही गरेका १४ सांसदको विषयलाई लिएर सदनमा भइरहेको विरोधप्रति आपत्ति जनाएका हुन् ।  राष्ट्रिय सभाको सोमवार बसेको बैठकको शुरूमा एमाले सांसद दीलकुमारी रावल पार्वतीले बोल्दै गर्दा देवकोटाले नियमापत्ति गरेका थिए ।  ‘सार्वभौम ...

सम्बन्धित सामग्री

सभामुखमाथिको टिप्पणीमा राष्ट्रियसभामा नियमापत्ति : अध्यक्षले दिए यस्तो रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुखका विषयमा राष्ट्रियसभामा प्रश्न उठाएका विषयमा राष्ट्रियसभामा नियमापत्ति भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नियमापत्ति खारेज गरिदिएका छन् ।  नेकपा एमालेले आफ्ना १४ सांसदलाई कारवाही नगरेको र एमाले फुटाउन मतियारको भूमिका निर्वाह गरेको भन्दै गत भदौ २३ गतेदेखि लगातार प्रतिनिधिसभामा अवरोध गरिरहेको छ । त्यही विषयमा राष्ट्रियसभामा...

राष्ट्रियसभा अध्यक्षद्वारा सांसद देवकोटाको नियमापत्ति खारेज (भिडिओ)

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले स्वतन्त्र सांसद खिमलाल देवकोटाको नियमापत्ति खारेज गरेका छन् । राष्ट्रियसभाको सोमबारको बैठक शुरु भएलगत्तै एमाले सांसदहरूले पार्टीले कारवाही गरेका सांसदलाई जोगाएर सभामुख र निर्वाचन आयोगले एमाले विभाजनमा मतियारको भूमिका निर्वाह गरेको भन्दै आपत्ति जनाएका थिए । एमालेले संसद अधिवेशन सुरू भएदेखि नै सदन अवरोध जारी राखेको छ । बैठकमा […]

सरिता गिरीले बोल्न खोज्दा संसदमा विरोध, सभामुखद्वारा रुलिङ

काठमाडौं : नेपालको नयाँ नक्सालाई आधिकारिकता दिन गरिएको संविधान संशोधन प्रस्तावविरुद्ध उभिएकी सांसद सरिता गिरीले बोल्न खोज्दा संसदमा हल्लाखल्ला भएको छ। जनता समाजवादी पार्टीकी सांसद गिरीले हालेको संशोधनको सूचनान सभामुख अग्निप्रसाद सापकोटाले खारेज गरिदिएपछि उनले बोल्न खोजेकी थिइन्। तर अन्य दलका सांसदहरु उठेर नियमापत्ति ग...