ओलम्पिक महिला फूटबल : अस्ट्रेलियालाई हराउँदै अमेरिकाले जित्यो कास्य पदक

टोक्यो ओलम्पिकमा अमेरिका महिला फूटबल प्रतियोगितामा कास्य पदकका लागि बिहीवार भएको खेलमा अमेरिका विजयी भएको छ । अस्ट्रेलियालाई अमेरिकाले ४–३ गोलले हराएको हो । साबिकको विश्व च्याम्पियन अमेरिकाले ओलम्पिक स्वर्ण पदकको आशा गरेको थियो तर कास्यमा चित्त बुझायो ।  मेगान रापिनोले अस्ट्रेलियाविरुद्ध शुरूका दुई गोल गरिन् । कार्ली लोयड र काइटलिन फूर्डले दुई गोल थपे ।  यी दुई टोली समूह चरणमा भिड्दा गोलरहित बराबरीमा टुंगिएको थियो । तर आजको खेलमा कडा प्रतिस्पर्धा भयो ।