ज्योति विकास बैंकको प्रिपेड डलर कार्ड सेवा

काठमाडौं (अस) । ज्योति विकास बैंकले विभिन्न विदेशी अनलाइन माध्यमबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । बैंकका ग्राहकले प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन गरी १ दिनभित्रै भर्चुल डलर कार्ड प्राप्त गर्न सक्नेछन् । बैंकले  मंसिर १९ गतेदेखि डिजिटल बैंकिङ सेवालाई थप प्रवर्द्धन गर्दै अनलाइमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी प्रयोजनका लागि अमेरिकी डलरमा आधारित प्रिपेड डलर कार्ड सेवा सुरु गरेको हो । प्रिपेड डलर कार्ड सेवा सुरु भएसँगै बैंकका ग्राहकले स्वदेशमै रहेर अन्तर्राष्ट्रिय ई–कमर्स प्लाटफर्ममार्फत सुरक्षित ढंगले किनमेल गरी रकम भुक्तानी गर्न सक्नेछन् । भिसा नेटवर्कमा आधारित यस कार्डमार्फत ग्राहकले वार्षिक अधिकतम ५०० डलर बराबरको अनलाइन किनमेल गरी भुक्तानी गर्न सक्नेछन् । हाल बैंकले १०५ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६२ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।