अपाङ्गता भएका दुई महिलाले पाए घरमै नागरिकता

लमजुङ : जिल्ला सदरमुकाम रहेको बेसीशहर नगरपालिका–१० का अपांगता भएका दुई महिलालाई घरमै नागरिकता प्रदान गरिएको छ। अपांगताका कारण जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्ने उनीहरुलाई कार्यालयको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको हो।घडेरीकी ४१ वर्षीया सन्तमाया तामाङ र बेसी भाचोककी २३ वर्षीया कृष्णा घिमिरेलाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। शनिवार प्रजिअ शर्मा सहितको टोली घिमिरे र तामाङको घरमा पुगेको थियो। विविध कारण जिल्ला प्रशासन कार्यालयसम्म आएर न