धान थन्काउने बेलामा रोग देखिँदा चितवनका किसान चिन्तित

चितवन । जिल्लाका सात पालिकामध्ये धानको पकेट क्षेत्र खैरहनी नगरपालिकामा विभिन्न रोग देखिँदा किसान चिन्तित भएका छन् । थन्काउने बेलामा धान बालीमा फड्के, ब्लास्ट रोग देखिएपछि उनीहरू चिन्तित भएका हुन् । धान रोपेर हालसम्म खासै जटिल समस्या नदेखिए पनि पाकेर काट्ने बेलामा यो रोग देख्दा उनीहरू निराश छन् ।  खैरहनी नगरपालिका–२ का किसान प्रेमनाथ मरहट्ठाले धान पाकेर काट्ने बेलामा रोग देखिँदा आफू चिन्तित भएको बताउंँछन् । ‘मेरो १५ कट्ठा जमिनमा धानखेती छ । धानमा रोग देखियो । अब न चामलको गेडा राम्रो देखिन्छ न त उत्पादन नै बढ्छ,’ उनले भने । प्राविधिकलाई देखाएर उपचार गरे पनि उत्पादन भने ह्वात्तै घट्ने उनले बताए ।  रोगको कारण आधाजसो उत्पादन घट्ने उनको अनुमान छ । ‘रोग नलागेको भए कम्तीमा ३० क्विन्टल धान उत्पादन हुनेथियो । अब आफ्नो बालीबाट १२ देखि १५ क्विन्टल मात्र उत्पादन हुन पनि मुश्किल छ,’ मरहट्ठाले भने ।  उनी मात्र होइन, धान खेती गर्ने प्रायः सबै किसानको खेतमा यस्तै समस्या बग्रेल्ती देखिएको छ । खैरहनीको वडा नम्बर १, २, ३, ७, ९, १०, ११, १२ र १३ का किसानले लगाएको धानमा रोगको संक्रमण देखिएको हो । यहाँ फड्के किरा, मिलिबग, सित ब्लाइट, नेक ब्लाष्टजस्ता रोग देखिएको छ । धानमा रोग देखिएपछि किसानहरू नगरपालिका पुगेर जानकारी गराएका छन् । ‘किसान समस्या लिएर पनि आउनुहुन्छ ।  हामी तुरून्तै उहाँहरूको खेतमा पनि पुग्ने गरेका छौं,’ नगरपालिका कृषि अधिकृत गौरव न्यौपानेले भने, ‘धानमा देखिएको रोगका बारे उचित परामर्श समेत दिन्छौं । तर, यसको समाधान तत्काल नहुँदा उत्पादनमा असर पर्ने देखियो ।’ हाल यो ब्याक्टेरियल प्यानिकल ब्लाइट, फड्के किरा, सित ब्लाइट, नेक ब्लाष्ट जस्ता रोग देखिएको र अन्य पालिकामा समेत सर्न सक्ने कृषि अधिकृत न्यौपानेले बताए । कतिपय किसानले प्राविधिकको परामर्शबिनै जथाभावी विषादी प्रयोग गरेको पाइएकोले पनि समस्या भएको उनको भनाइ छ । अहिले खैरहनीमा सावा मन्सुली र सावित्री धान लगाइएको छ । सावा मन्सुली लगाइएको मध्ये ७० प्रतिशतमा र सावित्रीमा ३०÷३५ प्रतिशतमा रोग देखिएको कृषि अधिकृत न्यौपानेले जानकारी दिए । खैरहनी जिल्ला धानखेतीको पकेट ठाउँ हो । यहाँ दुई बाली धान लगाइन्छ । कृषि ज्ञान केन्द्र, चितवनका सूचना अधिकारी सुरूची त्रिपाठीले पूर्वी चितवनमा मात्र नभई पश्चिम चितवनमा लगाइएको धानमा ढुसी र गभारोको समस्या देखिएको बताइन् । उनका अनुसार कार्यालयमा दैनिक तीन–चार जना यो समस्या लिएर आउने गरेका छन् । ‘धानमा लागेको समस्या लिएर आउनेको किसानको संख्या बढ्दो छ । पूर्वी चितवनमा फड्के किराको समस्या मुख्य देखिएको छ,’ उनले भने ।  कालिका र खैरहनी नगरपालिकामा लगाइएको धानमा विशेषगरी फड्के किराको समस्या देखिएको उनको भनाइ छ । यो किराले धानको गाँजमा बसेर धानको रस चुसी सुकाउने गर्दछ । जसका कारण पात जल्ने र गाँज परालजस्तो देखिने त्रिपाठीले बताइन् । चितवनको खैरहनीबाहेक राप्ती, रत्ननगर, कालिका नगरपालिकामा पनि धानमा रोग देखिएको छ । चितवनमा यस वर्ष २३ हजार ३४ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको ज्ञान केन्द्रले जनाएको छ ।

सम्बन्धित सामग्री

तरकारीले बजार नपाउँदा किसान चिन्तित

भरतपुर (चितवन) – तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन्। राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन्। बीस वर्षदेखि तरकारी खेती गर्दै आएका चितवनको रत्ननगर नगरपालिका–९ भानुचोकका मोहमद नबिहसन मियाँले तरकारीले बजार र मूल्य नपाउँदा बारीमा नै कुहिन थालेको बताए। दैनिक सात/आठ जनालाई स्वदेशमै रोजगार दिँदै […]

केरामा पानामा रोगको उच्च जोखिमले चिन्तामा किसान

चितवन । भारतीय सीमा नजिकका क्षेत्रमा केरामा लाग्ने पानामा रोग ( टीआर–४) देखिएपछि चितवनका किसान चिन्तित बनेका छन् । भारतीय सीमा नजिक भएकाले यो रोगको जोखिममा पर्नसक्ने देखिएपछि किसान चिन्तित बनेका हुन् । केराको बिरुवा, पात, डाँठबाट सर्ने भएकाले यसको सतर्कताका लागि बिहीवार नारायणगढमा किसान, व्यवसायी र कृषि ज्ञान केन्द्रबीच छलफल भएको छ ।  छलफलमा चितवनका किसान एवं केरा उत्पादक संघ, चितवनका पूर्व अध्यक्ष यज्ञ सुवेदीले भारतीय सीमा नजिक रहेका जिल्लामा यो रोग देखिएसँगै चितवनमा पनि जोखिम बढेकोे बताए । ढुवानी गर्ने सवारीमा केराको डाँठ, पात समेत ल्याएको पाइएकाले यो तत्काल रोक्नुपर्ने उनको भनाइ छ । भारत तथा एक जिल्लाबाट अर्को जिल्लामा केरा लैजाँदा कार्टोन, क्रेट, बोरामा प्याकिङ गर्नुपर्ने उनले बताए । ‘हामी सबैले समयमै सतर्कता अपनाउनुपर्छ, नत्र करोडौंको घाटा खानुपर्ने अवस्था आउँछ,’ सुवेदीले भने ।  यो रोग लागेमा केराको पातको डाँठ पहेँलो भएर भाँचिने, केराको थम्बाभित्र खैरो कालो भई चिरिने र बोट मर्ने बताइएको छ । अर्का किसान तथा संघका पूर्व अध्यक्ष विष्णुहरि पन्तले यो रोग घातक रहेकाले तत्काल यसको सावधानीका उपाय अवलम्बन गर्नुपर्ने बताए । उनले भने, ‘चितवनमा केही ठाउँमा देखिए मात्र पनि यसले चितवनका सबै बगान सखाप पार्छ ।’ उनले पानामा रोग देखिएका ठाउँको केरा ढुवानी गर्दा प्याकेजिङ भए नभएको हेर्नुपर्ने, सवारीसाधनमा ब्लिचिङ पाउडर छर्ने र हरेका जिल्लाको सिमानामा निगरानी गर्नुपर्नेमा जोड दिए ।  संघका निवर्तमान अध्यक्ष घननाथ महत्तोले केराको बिरुवामा रहेको माटोबाट सर्ने भएकाले कृषि अनुुसन्धान केन्द्र (नार्क)ले भारतबाट आउने बिरुवामा रोक लगाउनुपर्ने बताए । सहभागी व्यवसायीले राज्यको संयन्त्र बलियो हुनुपर्ने भन्दै अन्तर जिल्ला ढुवानीमा केरा खरीद विक्री गर्न रोक लगाउनुपर्नेमा उनले जोड दिए ।  कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत इन्द्र ढुंगानाले पटक पटक गरी ८ पटक परीक्षण गर्न पठाइए पनि हालसम्म यसको लक्षण नदेखिएको बताए । उनले भने, ‘रोग नदेखिए पनि उच्च जोखिम छ ।’ यसले केरामा असर गरे पनि मानव स्वास्थ्यमा भने असर नपर्ने उनको भनाइ छ । ज्ञान केन्द्रले यसबाट जोगिन जैविक सुरक्षा अवलम्बन गर्न आग्रह गरेको छ । केन्द्रका अनुसार यो रोग हाल जी नाइन जातको केरामा देखिएको हो । मालभोग केरामा चितवनमा ‘टीआर–१’ मात्र देखिएको छ । यो रोग लागेमा केराको पातको डाँठ पहेँलो भएर भाँचिने, केराको थम्बा भित्र खैरो कालो भई चिरिने र बोट मर्ने बताइएको छ । संघका अध्यक्ष माधव घिमिरेका अनुसार चितवनमा २ हजार २५० हेक्टर जमीनमा केराखेती गरिएको छ । त्यसमध्ये ४०० हेक्टरमा मात्र जी–नाइन जातको केराखेती गरिएको छ । चितवनमा वार्षिक ५४ हजार २४३ मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ । वर्षमा २ अर्बभन्दा बढीको केराको विक्री वितरण हुने संघको अनुमान छ ।

किसानका पीडा: उत्पादन भित्र्याउन पाए न बाली लगाउन नै

भरतपुर-खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन् । मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् । सुकेको मकैका बोट काटेर किसानले गाई, भैँसीलाई घाँसको रूपमा दिन थालेका छन् । भरतपुर महानगरपालिका–८ गौरीगन्जका नवीन पुरीले १३ गठ्ठा जग्गाको म...

खडेरीले मकै खेतमै सुके - NepaliPatra

भरतपुर । खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन् । मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् । सुकेको मकैका बोट काटेर किसानले गाई, भैँसीलाई घाँसको रूपमा दिन थालेका छन् । भरतपुर महानगरपालिका–८ गौरीगन्जका नवीन पुरीले १३ गठ्ठा जग्गाको मकै पूरै सुकेको […]

खडेरीले मकै खेतमै सुके

खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन्। मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन्।

खडेरीले मकै खेतमै सुके

भरतपुर । खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन् । मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् । सुकेको मकैका बोट काटेर किसानले गाई, भैँसीलाई घाँसको रूपमा दिन थालेका छन् । भरतपुर महानगरपालिका–८ गौरीगन्जका नवीन पुरीले १३ कठ्ठा जग्गाको मकै पूरै सुकेको […]

रोग नलाग्ने भनेर किसानलाई सिफारिस गरिएको चैते–५ धानमै ‘नेकब्लाष्ट’

चैतेधानमा लागेको घाँटी मरुवा अर्थात नेकब्लाष्ट रोगले चितवनका किसान चिन्तित भएका छन् । नेकब्लाष्ट रोग नलाग्ने भनेर सिफारिस गरिएको जात ‘चैते–५’ धानमै यो रोग देखिएपछि किसानले धोका भएको बताएका छन् । चैते धान धेरै रोपाइँ हुने चितवनको पूर्वी क्षेत्र रत्ननगर, खैरहनीमा यो रोग देखा परेको छ । रोग लागेपछि धानका बाला नै सुक्छ, दाना लाग्दैन ।

धानमा रोग लागेपछि किसान चिन्तित

धानमा विभिन्न किसिमको रोग देखिए पछि चितवनका किसान चिन्तित बनेका छन् । किसानको दैनिकी अहिले धानको नमूना लिएर कृषि ज्ञान केन्द्र तथा पालिकामा रहेका कृषि शाखामा जाने र समस्या सुनाउने बनेको छ । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरकी रोसनी ढकाल ओआर धानमा लागेको रोगको बारेमा जानकारी लिन आज ज्ञान केन्द्रमा नमुना लिएर आइपुगेका थिए । समयमा युरिया र पोटास मलको कमी भएका कारण उहाँको धानमा पहेंले रोग लागेको देखियो । उनले सुनाए, “औषधि गर्दागर्दै धान मर्ने हो की भन्ने चिन्ता छ ?” समयमा

केरामा हावाहुरीको कहर : चैतयता दस करोडभन्दा बढीको नोक्सानी

कोरोनाको कहरकै बीच हावाहुरी र असिना पानीका कारण उत्पादन गरिएको केरा सखाप भएपछि चितवनका किसान चिन्तित छन् । बन्दाबन्दीका कारण बजारको सहज पहुँच नभइरहेका बेला प्राकृतिक विपत्तिको मारमा समेत किसान परेका हुन् । पूर्वी चितवन रत्ननगरमा व्यावसायिक केरा खेती गर्दै आएका किसान विष्णुहरि पन्त हावाहुरी र असिना पानीले केरा खेतीमा ठूलो क्षति पुगेको बताउनुहुन्छ । पछिल्लोपटक चितवनमा जेठ दोस्रो साता आएको हावाहुरीले क्षति बढी गरेको बताइन्छ ।