प्रदेश राजधानी वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि ५ करोड

कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि पाँच करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आर्थिक वर्ष २०७९–०८० को बजेटमा वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि रकम विनियोजन गरेका हुन् । यस्तै सिँचाई कार्यक्रम अन्तर्गत अधिकांश योजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिएको छ । कर्णाली जनता सिंचाई कार्यक्रमका लागि ८ करोड र टार सिञ्चाई कार्यक्रमका लागि ३ करोड ३८ लाख बजेट विनियोजन गरिएको विष्टले जानकारी दिए । यसैगरी, बजेटमा नदी तट

सम्बन्धित सामग्री

पनौतीको नमुना खानेपानी उपभोक्ता समिति : वार्षिक ५ करोड लिटर उपलब्ध गराउँछ

काभ्रे। उपभोक्ताहरुद्वारा संचालित पनौती नगरपालिकाको नमुना पनौती बसपार्क खानेपानी उपभोक्ता समिति पनौती ७ द्वारा गुणस्तरीय खानेपानी तथा खानेपानीको व्यवस्थापनका लागि भएका प्रयासका साथै आगामी योजनाहरुका विषयमा समीक्षा सहितको १८ औं वार्षिक सभा सम्पन्न गरेको छ । सरसफाइ खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुरका प्रमुख इन्जिनियर राजेन्द्र श्रेष्ठले उपभोक्ताहरुद्वारा व्यवस्थापन गरिएको नमुना उपभोक्ता समितिले उपभोक्ताहरुलाई गुणस्तरीय […]

साउनमा ५ करोडको खानेपानी निर्यात

नेपालबाट चालू आर्थिक वर्ष २०७९/८० को साउन महिनामा ५ करोड ७७ लाख ३४ हजार रुपैयाँ बराबरको खानेपानी निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पहिलो महिनाको तथ्यांकअनुसार उक्त मूल्य बराबरको ९ लाख ९८ हजार लिटर पानी निर्यात भएको हो ।यस अवधिमा नेपालबाट निर्यात भएको सबै पानी भारततर्फ गएको विभागले जनाएको छ । यस्तै, सोही अवधिमा नेपालबाट १५ लाख ५३ हजार रुपैयाँ बराबरको इनर्जी ड्रिंक समेत निर्यात भएको छ । नेपालबाट चालू वर्षको पहिलो महिनामा निर्यात भएको इनर्जी ड्रिंक समेत सम्पूर्ण भारततर्फ नै निर्य

वीरेन्द्रनगरमा खानेपानी आयोजनाका लागि ५ करोड बजेट

काठमाडौं । कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरको खानेपानीका लागि ५ करोड बजेट विनियोजन गरेको छ ।  आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै सो रकम विनियोजन गरेको बताए ।  कर्णालीका अधिकांश जिल्लाको खानेपानी, सिँचाई आयोजना, पूर्वाधार विकास, पर्यटन, शिक्षा स्वास्थ्य, विद्युत् लगायत क्षेत्रमा बजेट विनियोजन गरिएको...

वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि ५ करोड

सुर्खेत  ः कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि पाँच करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आर्थिक वर्ष २०७९/८० को बजेटमा वीरेन्द्रनगरको खानेपानी आयोजनाका लागि रकम विनियोजन गरेका हुन्।यस्तै,सिँचाई कार्यक्रम अन्तर्गत अधिकांश योजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिएको छ। कर्णाली जनता सिंचाई कार्यक्रमका लागि ८ करोड र टार सिञ्चाई कार्यक्रमका लागि ३ करोड ३८ लाख बजेट विनियोजन गरिएको विष्टले जानकारी दिए।यसैगरी, बजेटमा नदी

मेलम्चीको १७ करोड लिटर पानी आइतबारदेखि वितरण

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आइतबारदेखि काठमाडौँमा मेलम्चीको १७ करोड लिटर पानीको वितरण थाल्ने भएको छ । यो मेलम्चीबाट काठमाडौँ आउने पानीको सम्पूर्ण परिमाण हो । ११ वैशाखदेखि मीनभवनबाट काठमाडौँमा मेलम्चीको पानीको पुनः वितरण सुरु भएको थियो । पहिलो दिनबाट ५ करोड लिटर मेलम्चीको पानी प्रणालीमा आएको थियो, आजसम्म करिब दैनिक १४ करोड […]

आजदेखि मेलम्चीको पानी काठमाडौंवासीको घरघरमा

काठमाडौं, ११ बैशाख । काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी पुनः वितरण शुरु भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले १० महिनापछि मीनभवन पानीटुयांकीबाट पानी वितरण सुरु गरेको हो । खानेपानी लिमिटेडले पुरानै पाइपबाट पानी वितरण गरेको जनाएको छ । धेरै स्थानमा नयाँ पाइपको परीक्षण गर्न बाँकी रहेको छ । अहिले सुरुमा ५ करोड लिटर पानी […]

पुर्णागिरी शहरी खानेपानी आयोजना र नगर विकास कोषबीच ऋण सम्झौता

काठमाडौँ – कञ्चनपुरस्थित पुर्णागिरी शहरी खानेपानी उपभोक्ता तथा सरसफाई आयोजना र नगर विकास कोषबीच ऋण सम्झौता भएको छ । शहरी खानेपानी तथा सरसफाई आयोजनाअन्तर्गत पुर्णागिरीलाई आयोजना निर्माण, संचालन तथा व्यवस्थापनका लागि ५ करोड ३२ लाख १२ हजार रुपैयाँ लगानीका लागि ऋण सम्झौता भएको हो । एशियाली विकास बैंकको वित्तीय सहयोगमा संचालित शहरी खानेपानी तथा सरसफाई […]

खानेपानी अभावले स्थानीयको दिनचर्यामा सकस

धनकुटा (अस) । धनकुटाको सागुरीगढी गाउँपालिका–५ ध्वजेडाँडाका दुर्गाबहादुर तामाङ बर्खामा परेको आकाशेपानी ड्रम, घैंटो र बोतलमा भरेर राख्छन् । त्यही पानीले हिउँदभरको आवश्यकता टार्छन् । यस्तै डाडाँबजारको सिमानामा रहेका मोरङको केराबारी गाउँपालिका–१ थामडाँडाकी पवित्रा राईको आँगनभरि पानी भरिएका प्लाष्टिकका बोतल छन् । दुर्गाबहादुर र पवित्रा पानीको अभाव भएपछि बर्खामा संकलन गरेर राख्ने स्थानीयवासीका प्रतिनिधि पात्र हुन् । धनकुटाको साँगुरीगढी–५ को ध्वजेडाँडा, लुम्फाजुङ र मोरङ केराबारी गाउँपालिका–१ पाटीगाउँको थामडाँडाका गरी ३५ घरपरिवारले यसरी नै बर्खाको पानी जम्मा गरी हिउँदमा संकट टार्दै आएका छन् । यी गाउँका धेरैजसो स्थानीयको यस्तै बाध्यता छ । हिउँदमा पानीको संकट टार्न वर्षात्देखि नै ड्रम, घैंटो र बोतलमा पानी भरेर राख्नुपरेको उनीहरू बताउँछन् । यस क्षेत्रका बासिन्दा विगत १० वर्षदेखि खानेपानीको अभाव भोग्दै आएका छन् । पानीको ठूलो मुहान नहुँदा खानेपानीको जोहो गर्न बर्खामा आकाशेपानी भर र हिउँदमा ड्रम, घैंटो र बोतलमा पानी भरेर राखेको पानीको भर पर्नुपरेको छ । लामो समयसम्म बर्खामा पानी नपर्दा वा हिउँदका लागि पानी जम्मा गरेर नराख्दा ५ घण्टा हिँडेर लिन जानुपर्ने बाध्यता स्थानीयलाई छ । ‘पानी अभावको कारण अड्कलेर खानुपर्छ,’ साँगुरीगढी–५ की मिनाकुमारी तामाङले भनिन्, ‘खानेपानीको  संकटले महिला र बालबालिका बढी जोखिममा छन् ।’ डाँडामा बस्ती भएकाले २ दशकदेखि खानेपानी समस्या झेल्दै आएको पाटी गाउँकी कमला राईले गुनासो गरिन् । वर्षायामबाहेक अन्य समयमा खानेपानीको जोहो गर्न सास्ती हुने गरेको उनले बताइन् । ‘वर्षायाममा आकाशेपानी उपभोग गर्छौं,’ उनले भनिन्, ‘अरू समय सधैं पानीको पिरलो हुन्छ ।’ पानीको समस्याले बालबालिकाको पढाइ पनि प्रभावित बनेको मीनाकुमारीले बताइन् । बस्तीमा निर्वाचनको समयमा पुग्ने नेताहरूले खानेपानीको समस्या तत्काल समाधान गर्ने आश्वासन दिने गरेको, तर कार्यान्वयन नभएको गुनसो स्थानीयको छ । खानेपानी अभावकै कारण धनकुटाको ध्वजेडाँडा, लुम्फाजुङ र मोरङ पाटीगाउँ, थामडाँडाका स्थानीयवासी बसाइँ सर्ने अवस्थामा पुगेका छन् । साँगुरीगढी गाउँपालिका–५ का वडाध्यक्ष पलकबहादुर बस्नेतले डाँडामा बस्ती भएकाले सानोतिनो बजेटले योजना सञ्चालन गर्न नसकिएको बताए । ‘स्थानीय तहको बजेटले लिफ्ट खानेपानी सञ्चालन गर्न सकिँदैन,’ उनले भने, ‘प्रदेश र संघीय सरकारलाई यहाँको समस्या पटकपटक अवगत गराए पनि बेवास्ता भइरहेको छ ।’ साँगुरीगढी गाउँपालिका अध्यक्ष कुमारजंग याखाले बजेटकै समस्याले यी ठाउँमा खानेपानी सुविधा पु¥याउन कठिन भएको बताए । उनका अनुसार ध्वजेडाँडामा लिफ्टमार्फत खानेपानी पुर्‍याउन कम्तीमा ५ करोड आवश्यक छ । ‘खानेपानी योजना सञ्चालनका लागि पटकपटक सर्भे गरियो, माथिल्ला तहका सरकारमा पटकपटक अनुरोध गरियो,’ उनले भने, ‘स्थानीय तहसँग सीमित बजेट हुने भएकाले हाम्रो मात्र प्रयासले सम्भव छैन ।’ संविधानको धारा ३५ मा स्वास्थ्य अधिकारलाई मौलिक हकका रूपमा व्याख्या गरिएको छ । सो धाराको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको हक हुने उल्लेख छ । तर, धनकुटाको ध्वजेडाँडा, लुम्फाजुङ र मोरङको पाटीगाउँ, थामडाँडाका स्थानीयले संविधानले नै व्यवस्था गरेको अधिकार समेत उपभोग गर्न पाएका छैनन् ।

तलकोटका एक हजार ६२ घरधुरीमा धारा जडान

बझाङ : तलकोट गाउँपालिका–१ मा तेलेकाँडा बहुउपयोगी खानेपानी योजना सम्पन्न भएपछि सात हजार ३९५ जना लाभान्वित भएका छन्। योजनाले एक हजार ६२ घरधुरीमा धारा जडान गरिएको जलस्रोत इन्जिनियर लोकेन्द्र ओलीले जानकारी दिए।आर्थिक वर्ष २०७४/७५ देखि तलकोटको वडिगाउँ, धामीगाउँ लगाएतका ठाउँबाट सुरु गरिएको खानेपानी योजना निर्माण सुरु गरिएको थियो। योजना सफल बनाउन तलकोट गाउँपालिकाले २ करोड १८ लाख‚ उपभोक्ताको जनरश्रमदान २ करोड ६१ लाख र नेपाल सरकार, फिल्याण्ड सरकार तथा युरोपियन युनियनको ५ करोड ३१ लाख रुपैयाँ ल

प्रधानमन्त्रीद्वारा बाढी पहिरो प्रभावित ३ ओटा पालिकालाई ५ करोड १० लाख हस्तान्तरण

असार २६, सिन्धुपाल्चोक । प्रधानमन्त्री केपी ओलीले बाढी पहिरोबाट प्रभावित सिन्धुपाल्चोकका ३ ओटा पालिकालाई ५ करोड १० लाख हस्तान्तरण गर्नुभएको छ । शनिवार हेलम्बु–मेलम्चीको बाढी पहिरो निरीक्षण गर्न पुग्नुभएका प्रधानमन्त्री ओलीले बस्ती संरक्षणको लागि मेलम्ची खानेपानी आयोजनाले हेलम्बु गाउँपालिकालाई दिएको १ करोड ५० लाख, पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई १ करोड ५० लाख र मेलम्ची नगरपालिकालाई ५० लाख हस्तान्तरण गर्नुभएको छ ।  त्यस्तै ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान समितिले हेलम्बु गाउँपालिकालाई दिएको १ करोड र मेलम्ची नगरपालिकालाई ६० लाखको चेक प्रधानमन्त्री ओलीले हस्तान्तरण गर्नुभएको छ । हेलम्बु गाउँपालिका स्थित गणेशे बगरमा आयोजित कार्यक्रममा बाढीबाट क्षति पुगेका ३६६ घरपरिवारलाई अस्थायी बसोबासको लागि प्रति परिवार तत्काल ५० हजार रुपैयाँ र १ हजार ५०० बण्डल जस्तापाता दिईने प्रधानमन्त्री ओलीले बताउनुभयो ।  उहाँले पीडितहरुलाई स्थायी आवासको लागि प्रति परिवार ५ लाख रुपैयाँ समेत उपलब्ध गराउनुको साथै बाढीले भत्काएको पुल, विद्यालय सरकारले बनाउने घोषणा गर्नुभएको छ । घाइतेको उपचार सरकारले गर्ने बताउँदै पुनर्निर्माणको काममा सरकारको ध्यान गएको बताउनुभयो ।  प्रधानमन्त्री ओलीले बाढी प्रभावित क्षेत्र मेलम्ची र हेलम्बुको निरीक्षण गर्नुभएको थियो । नेपाली सेनाको हेलीकप्टरमा आउनुभएका ओलीले राहतमा राजनीति नगर्न आग्रहसमेत गर्नुभएको छ । ‘यस्तो बेलामा सबैले सकेको मद्दत गर्ने हो, सकारले राहत तथा पुर्नस्थापनामा कुनै कसर बाँकी राख्दैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो ‘तर, राहतको नाममा राजनीति नगर्न म सबैलाई अपिल गर्दछु ।’ अब पुनर्निर्माण गर्दा सुरक्षित स्थानमा एकीकृत रुपमा निर्माण गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले उही ठाउँमा उही बस्ती नबसाउन सुझाव दिनुभयो । मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति हुन नपुगेको बताउँदै प्रधानमन्त्री ओलीले सन् २०२१ भित्र मेलम्ची खानेपानी राजधानी पुर्‍याउने लक्ष्य रहेको, मेलम्ची खानेपानी आयोजनाबाट स्थानीयलाई परेको मर्का सरकारले हेर्ने जनाउँदै स्थानीयले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।  उहाँले २०७१ साल साउन १८ मा गएको जुरे पहिरोको रकम पनि वितरण गर्न आवश्यक कानून निर्माण गरी तत्काल वितरणको लागि निर्देशन दिने प्रतिबद्धता जनाउनुभयो ।  प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, प्रधानमन्त्री पत्नी राधिका शाक्य, पूर्व मन्त्री शेरबहादुर तामाङ, दावा तामाङ, गृह सचिव लगायत सरकारी अधिकारीहरु हेलम्बु क्षेत्रमा आएका थिए । असार १ गते मेलम्ची खोलमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनासहित हेलम्बु र मेलम्ची क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।