महामारीबीच विकास निर्माणका काम धमाधम

कोरोना भाइरसको दोस्रो लहर बढेसँगै निषेधाज्ञा लागू भए पनि नागढुंगा–नौबिसे सुरुङमार्ग, धरहरा पुनर्निर्माण, राष्ट्रिय विकासका आयोजना, सडक मर्मत, कालोपत्रे, मार्किङजस्ता काम जारी मध्यदिनमा घ्वारघ्वार घुरघुर गर्दै गोंगबुदेखि बालाजु सडकखण्डमा कालोपत्रेको काम...

सम्बन्धित सामग्री

पर्याप्त बजेट भए पनि विकास निर्माण सन्तोषजनक भएनः सभामुख घिमिरे

झाप– प्रतिनिधि सभाका सभामुख तथा झापा क्षेत्र नं २ बाट निर्वाचित सांसद देवराज घिमिरेले विकास निर्माणका काममा पर्याप्त बजेट छुट्टिए पनि समयमा काम हुन नसकेको बताएका छन्। झापाको बिर्तामोडमा बुधबार आयोजित बिर्तामोड नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीयबासीसंगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै आफ्नोलगायत अन्य सांसदहरूको क्षेत्रमा संघीय सरकारले विकास निर्माणका काममा पर्याप्त बजेट उपलब्ध गराए पनि सन्तोषजनक काम […]

विकास निर्माण गर्न मन्त्री नै बन्नु पर्छ भन्ने छैन : कांग्रेस नेता सिंह

कांग्रेसका नेता प्रकशमान सिंहले जनताको काम गर्न मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताएका छन् । काठमाडौंको शंखमुलमा शनिबार आयोजित कार्यक्रममा उनले विकास निर्माणका लागि मन्त्री हुनैपर्ने आवश्यकता नभएको औल्याए । उनले भने, ‘म जनप्रतिनिधि हुँ । म मन्त्री प्रधानमन्त्री हुँला नहुँला तर जनप्रतिनिधिको पद त मैसँग छ नी । मैले गर्न सक्ने काम त म त्यसैबाट […]

विकास निर्माण गर्न मन्त्री नै बन्नु पर्छ भन्ने छैन : कांग्रेस नेता सिंह

काठमाडौं– कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको काम गर्न मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताएका छन् । काठमाडौंको शंखमुलमा शनिबार आयोजित कार्यक्रममा उनले विकास निर्माणका लागि मन्त्री हुनैपर्ने आवश्यकता नभएको औँल्याए । उनले भने, ‘म जनप्रतिनिधि हुँ । म मन्त्री प्रधानमन्त्री हुँला नहुँला तर जनप्रतिनिधिको पद त मैसँग छ नी । मैले गर्न सक्ने काम त […]

नेताको आडमा विकास निर्माण रोक्ने ठेकेदारलाई तह लगाउँछु : मन्त्री राई

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारहरूलाई तह लगाउने चेतावनी दिएका छन् ।  सोमवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारीमा दादागिरी गर्दै विकास निर्माणका काममा बेथिति ल्याउने ठेकदारहरुलाई तह लगाउने चेतावनी दिएका हुन् ।उनले मन्त्रालयले त्यस्ता ठेकदारहरुको खोजी भई रहेकाले बिस्तारै ठिक लगाउने बताए । मन्त्री राईले ठेक्का लिने तर समयमा काम नसक्ने र अन्य

नेपालको विकास निर्माणमा यस्ता छन् ८ समस्या

महालेखा नियन्त्रक कार्यालयले नेपालमा तीव्र गतिमा विकास निर्माण हुन नसक्नुको कारण केलाएको छ । आज सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमार्फत कार्यालयले विकास निर्माण हुन नसक्नुको कारण केलाएको हो ।जसअनुसार, राष्ट्रिय निर्माण क्षमताको मापन हुनु नसक्नु, चालू खर्चको तुलनामा पूँजीगत खर्चतर्फ कम बजेट विनियोजन हुनु लगायतका समस्या देखाइएको छ । यसैगरी, पूँजीगत बजेट खर्च न्यून हुनु, प्रविधि तथा उपकरणको पर्याप्त उपलब्धता नरहनु जस्ता समस्याले समेत तीव्र गतिमा विकास निर्माणका काम हुन नसकेको प्रतिवेदनले औंल्य

काठमाडौं महानगरमा विकास निर्माण : अब तीनै तह सरकारको समन्वयमा मात्र

काठमाडौं काठमाडौँ महानगरपालिकाभित्र विकास निर्माण र भौतिक पूर्वाधारको काम तीनै तहका सरकारी निकायद्वारा समन्वय गरेर मात्रै अघि बढाउनुपर्ने भएको छ।  महानगरप्रमुख बालेन साहको संयोजकत्वमा शुक्रबार अबेरसम्म बसेको बैठकले विकास निर्माणका काममा सम्बद्ध सबै निकायले साझा उपाय अबलम्वन गर्ने गरी अघि बढ्ने निर्णय गरेको हो।  उपप्रमुख सुनिता डंगोलका अनुसार बैठकले असारदेखि महिनाको पहिलो सोमबार दिउँसो ३ बजे  प्रमुख साहको अध्यक्षतामा बैठक बसी महानगरभित्रका निर्माण तथा सेवा प्रवाहबारे सम्बन्धित

विकास निर्माणको काममा समन्वय गर्नुपर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाभित्र विकास निर्माण र भौतिक पूर्वाधारको काम गर्दा तीनै तहका सरकारी निकायद्वारा समन्वय गरेर मात्रै काम कारबाही अघि बढाउनुपर्ने भएको छ। शुक्रबार राति अबेरसम्म कामपाको प्रमुख बालेन्द्र शाहको संयोजकत्वमा बसेको बैठकले कामपामा हुने विकास निर्माणका जति पनि कामको लागि सम्बद्ध सबै निकायले साझा उपाय अबलम्वन गर्ने गरी अघि बढ्नुपर्ने निर्णय गरेको हो। […]

बढ्दो इन्धन मूल्यले विकास निर्माण प्रभावित

चैत ४, काठमाडौं । पछिल्लो समयमा गति लिएको पूर्वाधार निर्माण क्षेत्र इन्धन तथा निर्माण सामग्रीको मूल्य बढेपछि प्रभावित बन्न थालेको छ ।  इन्धन, बिटुमिन र डन्डीको मूल्यमा उल्लेख्य वृद्धिले पछिल्लो समय निर्माण व्यवसायीहरूले कामको गति घटाउन थालेका छन् ।  विकास निर्माणको मुख्य याममै इन्धन, बिटुमिन र डन्डीको मूल्य वृद्धिले विकास निर्माण प्रभावित बन्न थालेको सरकारी अधिकारी र निर्माण व्यवसायीहरू तर्क गर्छन् ।  मूल्य वृद्धिका कारण निगमका नयाँ विकासका योजनाहरू स्थगित गर्ने नेपाल आयल निगमले समेत उल्लेख गरेको छ । सडक विभागका प्रवक्ता शिवप्रसाद नेपालले इन्धनको मूल्य बढ्दा विकास आयोजनाको लागत पनि बढ्ने बताए ।  ‘अहिलेसम्म निर्माण व्यवसायीहरूबाट लिखित जानकारी नआए पनि मौखिक रूपमा मूल्य वृद्धिले निर्माण प्रभावित भएको जानकारी आएको छ,’ उनले भने, ‘मूल्य वृद्धिले निर्माण व्यवसायीहरूको लागत बढाउँछ भने उनीहरूले बढेको मूल्यअनुसार लागत दाबी गर्छन् र यसले अन्तत: आयोजनाकै लागत बढाउँछ ।’ पछिल्लो समय इन्धनको मूल्य बढ्दा निर्माण व्यवसायीहरूले काम ढिलो गर्न थालेको नेपालले बताए ।  सार्वजनिक खरीद नियमावलीअनुसार मूल्य वृद्धि उच्च भई लागत बढेमा ठेक्का सम्झौताको अवस्था हेरेर बढीमा २५ प्रतिशतसम्म रकम सम्बद्ध निकायबाट उपलब्ध गराउने प्रावधान छ । सोहीअनुसार निर्माण व्यवसायीको दाबी परेमा मूल्यांकन गरेर थप लागत भुक्तानी गर्नुपर्ने नेपालले उल्लेख गरे ।  विकास निर्माणका सामग्रीहरू इन्धन, बिटुमिन र डन्डीको मूल्य बढेसँगै यसको भार अन्तत: सरकारलाई नै पर्ने उनको भनाइ छ ।  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले मूल्य वृद्धिका कारण काम गर्न नै समस्या भएको र लागत पनि बढ्दो क्रममा रहेको बताए । चर्को मूल्यमा डन्डी, बिटुमिन किनेर निर्माण गर्न नसकिने भन्दै उनले मूल्य वृद्धि निर्देशिका जारी गर्न आग्रह गरे ।  प्रतिकेजी रू. ६० पर्ने डन्डीको मूल्य अहिले बढेर प्रतिकेजी रू. १२६ सम्म पुगेको र अन्य निर्माण सामग्री पनि मूल्य बढेकाले निर्माण लागत महँगो पर्न आएको उनले बताए । महासंघको २३ औं साधारणसभामा पनि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मूल्य वृद्धिलाई सम्बोधन गर्न भनिएको उनले बताए । अहिलेसम्म सरकारबाट ठोस पहल नभएको भन्दै उनले शुक्रवार मुख्यसचिव शंकरदास वैरागीसमक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताए । मूल्य वृद्धि सम्बोधनका लागि प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्मलाई भेटेर ज्ञापनपत्र बुझाउने उनले उल्लेख गरे ।  एक सातामा आफ्ना माग सम्बोधन नभए  देशभरकै काम रोक्ने चेतावनी उनले दिएका छन् । कालिका कन्स्ट्रक्शन कम्पनीका कार्यकारी निर्देशक निकोलस पाण्डेले बढ्दो इन्धनको मूल्यले निर्माण व्यवसाय क्षेत्र निकै अप्ठ्यारो अवस्थामा रहेको बताए ।  ‘काम समयमै सम्पन्न नगर्दा उल्टो जरीवाना तिर्नुपर्छ भने अर्कोतिर सम्झौता म्याद सकिएमा आयोजनाको म्याद थप्न नै जटिल हुन्छ,’ पाण्डेले भने, ‘अहिले अवस्था अप्ठ्यारो रहेकाले काममा ढिलाइ गर्ने अवस्था आएको छ ।’ उनले ठेक्काहरूमा हुने अस्वस्थ प्रतिस्पर्धाका कारण २० देखि ३० प्रतिशतसम्म कममा ठेक्का पाएको अवस्थामा मूल्य वृद्धिले थप समस्यामा पार्ने बताए । बढ्दो मूल्यका कारण निर्माण व्यवसायीहरू नै समस्यामा पर्न सक्ने र अहिले व्यवसायीहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेको उनको भनाइ छ । विकास निर्माण रोक्नुभन्दा पनि सरकारसँग छलफल गरेर उपयुक्त बाटो अपनाउन आवश्यक भएको उनले बताए । नेपाल आयल निगमले बुधवार प्रेस विज्ञप्ति जारी गरेर निगमका नयाँ विकास निर्माणका सबै काम रोक्ने सोचमा रहेको उल्लेख गरेको छ । रूस–युक्रेनको जारी तनावका कारण अन्तरराष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

खरिद नियमावली बाधक बन्दा सरकारले विकास निर्माणका काम गर्न सकेनः मन्त्री यादव

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले विद्यमान खरिद नियमावली बाधक बनेका कारण सरकारले विकास निर्माण गर्न नसकेको बताएकी छन्। प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समिति बैंठकमा शुक्रबार मन्त्री यादवले खरिद नियमावलीले सहज काम गर्न बाधक बनेको बताइन्। उनले खरिद ऐनकै कारण विकास निर्माण नहुँदा सरकार खरिद नियमावली संशोधन गर्ने तयारीमा रहेको बताइन्। खरिद […]

विकास निर्माण र जनजीविकाका सवालमा ध्यान देऊ

सरकारले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिएर विकास निर्माण र जनजीजिविकाको सवालमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सक्नुपर्छ । अहिले विकास निर्माणका ठूला ठुला योजनाहरू अवरुद्ध छन् । दैनिक उपभोग्यका वस्तुहरूको मूल्य वृद्धि अकासिँदो छ । महँगीले जनता मारमा परिरहेका छन् । सरकारी संयन्त्रहरूले प्रभावकारी रूपमा काम गरिरहेका छैनन् । प्रशासनिक संयन्त्र अत्यन्तै सुस्त छ । जनताका […] The post विकास निर्माण र जनजीविकाका सवालमा ध्यान देऊ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.