इष्टर्न हाइड्रोपावरले पहिलो त्रैमाससम्म कमायो डेढ करोडभन्दा बढी नाफा

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म इष्टर्न हाइड्रोपावर लिमिटेडले १ करोड ५५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिसम्म कम्पनीले ९९ लाख ८१ हजार रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा बढेको हो । यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी बढेसँगै खुद नाफा बढेको हो । गत वर्ष यस अवधिसम्म ४ करोड ५३ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष ४ करोड ६६ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको हो । विक्री खर्च भने यस वर्ष ३६ लाख ९६ हजार रुपैयाँभन्दा बढी भएको छ । गत वर्ष ४१ लाख ८८ हजार रुपैयाँभन्दा बढी विद्युत विक्री खर्च भएको थियो । यस वर्ष विद्युत विक्री खर्च कम भएकाले पनि नाफा बढ्नमा सहयोग मिलेको हो । वित्तीय खर्च पनि यस वर्ष घटेको छ । गत वर्ष १ करोड ५८ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १ करोड ४० लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो । दीर्घकालीन कर्जा ६५ करोड ६४ लाख रुपैयाँ रहेको कम्पनीको अल्पकालीन कर्जा २ करोड ४५ लाख रुपैयाँभन्दा बढी छ । हाल कम्पनीको चुक्ता पूँजी ६२ करोड रुपैयाँ छ । जगेडा कोष रकम भने १४ करोड ७२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । पहिलो त्रैमाससम्म प्रतिशेयर आम्दानी २ रुपैयाँ ५१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ७६ रुपैयाँ २४ पैसा छ । रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

सम्बन्धित सामग्री

मोलुङ्ग हाइड्रोपावरले पहिलो त्रैमाससम्म कमायो ३ करोडभन्दा बढी नाफा

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले ३ करोड ४३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । यस वर्ष कम्पनीको खुद नाफा गत वर्षको तुलनामा २८ दशमलव २१ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले २ करोड ६८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको आम्दानी घटेको भए पनि वित्तीय खर्च कम हुँदा नाफा बढेको हो । गत वर्ष ७ करोड ५१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष ७ करोड ४१ लाख रुपैयाँभन्दा बढी मात्र आम्दानी गरेको हो । खर्च रकम यस वर्ष १३८ प्रतिशत बढेको छ । गत वर्ष १३ लाख ५२ हजार रुपैयाँ खर्च गरेको कम्पनीले यस वर्ष ३२ लाख १८ हजार रुपैयाँ खर्च गरेको हो । वित्तीय खर्च यस वर्ष ३१ दशमलव ३६ प्रतिशत कम भएको छ । गत वर्ष २ करोड ८० लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १ करोड ९२ लाख रुपैयाँभन्दा बढी मात्र खर्च गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ८० करोड २५ लाख रुपैयाँ छ । जगेडा कोष रकम भने १६ करोड ६७ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । दीर्घकालीन कर्जा गत वर्षको तुलनामा ३५ प्रतिशत कम ६० करोड २३ लाख रुपैयाँ छ भने अल्पकालिन कर्जा गत वर्षभन्दा ६३ दशमलव २३ प्रतिशत कम १ करोड ८६ लाख रुपैयाँ छ । प्रतिशेयर आम्दानी ४ रुपैयाँ २८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ७९ रुपैयाँ २२ पैसा छ ।

सुपरमाई हाइड्रोपावरले तेस्रो त्रैमाससम्म कमायो करीब ५ करोड नाफा

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेड (Supermai Hydropower Limited) ले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ४ करोड ८३ लाखभन्दा बढी खुद नाफा (Net Profit) गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार गत वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ४१ दशमलव २० प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ८ करोड २२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको विद्युत विक्री आम्दानी ८ दशमलव ३६ प्रतिशत कम भएकाले नाफामा असर परेको हो । साथै यस वर्ष कम्पनीको वित्तीय खर्च पनि साढे ३३ प्रतिशत बढी भएको छ । गत वर्ष रू. १८ करोड ७० लाखभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १७ करोड १४ लाखभन्दा बढी विक्री आम्दानी गरेको छ । गत वर्ष रू. ५ करोड ८ लाखभन्दा बढी मात्र वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष रू. ६ करोड ७९ लाखभन्दा बढी वित्तीय खर्च गरेको छ । सर्वसाधारणमा भर्खरै आईपीओ (IPO) जारी गरेको कम्पनीको चुक्तापूँजी रू. ५० करोड पुगेको छ । आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा २५ प्रतिशत शेयर विक्री गरेको हो । जगेडा कोष रकम भने गत वर्षभन्दा ९४ दशमलव २६ प्रतिशत कम रू. ४ करोड ७६ लाखभन्दा बढी कायम भएको हो । प्रतिशेयर आम्दानी रू. ९ दशमलव ६७ रहेको कम्पनीले प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव ५२ छ । वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोला

बुद्धभूमि नेपाल हाइड्रोपावरले छ महीनामा कमायो रू. ८४ लाख ५२ हजारभन्दा बढी नाफा

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म रू. ८४ लाख ५२ हजार नाफा कमाएको छ । सो अवधिमा कम्पनीले विद्युत् विक्रीबापत रू. ८ करोड ४८ लाख आम्दानी गरेको छ । चुक्तापूँजी रू. ४० करोड रहेको कम्पनीको जगेडा कोष रू. ५ करोड ८६ लाख ऋणात्मक रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ४ दशमलव २३, मूल्य आम्दानी अनुपात ९४ दशमलव ६५ गुणा र प्रतिशेयर नेटवर्थ रू. ८८ दशमलव ६५ रहेको छ ।

युनाइटेड मोदी हाइड्रोपावरले कमायो २ करोड ४७ लाखभन्दा बढी नाफा

माघ २६, काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. २ करोड ४७ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ५८ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ५६ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको विद्युत् विक्री आम्दानी भने ६ प्रतिशतले घटेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा विद्युत् विक्री बापत रू.१५ करोड ६२ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू. १४ करोड ६८ लाखमा झरेको हो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड रहेको छ भने जगेडामा रू. १० करोड १८ लाख सञ्चित रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशलमव १५,तरलता अनुपात १ दशलमव ७८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १०८ दशलमव ८६ रहेको छ ।

दोस्रो त्रैमासमा अरुण भ्याली हाइड्रोपावरले कमायो ७ करोडभन्दा बढी नाफा

माघ १७, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले रू. ७ करोड ४९ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  सोमवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षको भन्दा यस वर्ष कम्पनीको खुद नाफा १० दशमलव १० प्रतिशत बढी भएको हो ।  गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ करोड ८० लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा १३ दशमलव ८६ प्रतिशत वृद्धि भएको छ । गत वर्ष रू. ८ करोड ७९ लाखभन्दा बढी सञ्चालन नाफा गरेको उक्त कम्पनीले यस वर्ष रू. १० करोड १ लाखभन्दा बढी यो नाफा गरेको हो ।  गत वर्षभन्दा ३२ प्रतिशत बढी अर्थात् रू. ४ करोड २ लाख विद्युत् विक्रीबाट आम्दानी गरेको कम्पनीको कुल आम्दानी १७ प्रतिशत बढेको छ । गत वर्ष रू. ९ करोड ५७ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ११ करोड २१ लाखभन्दा बढी गरेको छ । हकप्रद र बोनस शेयर मार्फत् पूँजी वृद्धि गरी रू. १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार पुर्‍याएको कम्पनीको जगेडा कोष रकम भने गत वर्षभन्दा ६ दशमलव ३३ प्रतिशत कम अर्थात् रू. १३ करोड ५२ लाख कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ८ दशमलव ६६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०७ दशमलव ८२ छ ।

दिव्यश्वरी हाइड्रोपावर २९ लाखभन्दा बढी नाफामा

कात्तिक २६, काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले नोक्सानी सुधार गर्दै खुद नाफा आर्जन गरेको छ । कम्पनीले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार यस वर्ष रू. २९ लाख ३७ हजार खुद नाफा गर्न कम्पनी सफल भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनी रू. ५१ लाख ४१ हजार खुद नोक्सानीमा रहेको थियो ।  यस वर्ष कम्पनीले २१ दशमलव ७९ प्रतिशत बढी अर्थात् रू.२ करोड ९७ लाख १ हजार विद्युत् विक्रीबाट आम्दानी गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. २६ करोड ४० लाख छ भने जगेडा कोष रकम रू. २० करोड २४ लाखभन्दा बढी ऋणात्मक छ ।  अल्पकालिन कर्जा रू. ५ करोड ४४ लाख ६५ हजार रहेको कम्पनीको दिर्घकालिन कर्जा रू. ६० करोड ४३ लाख ३२ हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी पहिलो त्रैमाससम्म रू. १ दशमलव ११ र प्रतिशेयर नेटवर्थ रू. २३ दशमलव ३२ छ ।   यो पनि हेर्नुस् : चौथो त्रैमाससम्म दिव्यश्वरी हाइड्रोपावर ३ करोडभन्दा बढी नोक्सानीमा दिव्यश्वरी हाइड्रोपावर १ करोड ८० लाखभन्दा बढी नोक्सानीमा दिव्यश्वरी हाइड्रोपावरले ८ करोडको विद्युत विक्री गर्‍यो