नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रतिनिधिसभा विघटनको मुद्दा राजनीतिक भएकाले यसमा अदालत प्रवेश गर्न नहुने तर्क गरेका छन् ।
चितवनमा प्रचण्ड–नेपाल पक्षीय भेलालाई सम्बोधन गर्दै मन्त्री भट्टराईले राजनीतिक विषयलाई राजनीतिक रूपमै टुंग्याउनुपर्ने बताए ।
‘प्रधानमन्त्रीले अदालतलाई जवाफ पठाउँदै यो राजनीतिक मुद्दा हो भन्नुभएको छ, हामी पनि भन्छौं यो राजनीतिक मुद्दा हो, अदालत प्रवेश नगरोस् । यदि संवैधानिक मुद्दा हो भने संविधानले प्रधानमन्त्रीलाई यो अधिकार दिएको छ...