नेपाल राष्ट्र बैंकले साना तथा मझौला व्यवसाय (एसएमई) कर्जामा जोखिम भार घटाएको छ । आइतबार एकीकृत निर्देशन संशोधन गर्दै केन्द्रीय बैंकले ३ करोड रुपैयाँसम्मका कृषि, सूचना प्रविधि र उत्पादनमूलक उद्योगसम्बन्धी कर्जामा ६० प्रतिशत मात्र जोखिम भार लागू हुने व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार यस्तो कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षित गरिएको हुनुपर्ने वा […]