मध्यपहाडी लोकमार्गका ठेकेदारलाई डेढ करोड बढी रकम भुक्तानी

निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनामा आर्थिक बेथिति देखिएको छ । मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतले निर्माण व्यवसायीलाई झन्डै रु डेढ करोड रकम बढी भुक्तानी गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरिएको ५९औँ वार्षिक प्रतिवेदनको भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयअन्तर्गतको बुँदा नं १८ को १ र ३७ मा आर्थिक वर्ष २०७७÷७८ मा आयोजना …

सम्बन्धित सामग्री

मध्यपहाडी लोकमार्गमा बेथिति : डेढ करोड रकम बढी भुक्तानी

निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनामा आर्थिक बेथिति देखिएको छ । मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतले निर्माण व्यवसायीलाई झन्डै डेढ करोड रकम बढी भुक्तानी गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरिएको ५९औँ वार्षिक प्रतिवेदनको भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयअन्तर्गतको बुँदा नं १८ को १ र ३७ मा आर्थिक वर्ष २०७७/७८ मा आयोजना कार्यालय पर्वतले निर्माण व्यवसायीलाई दरभन्दा बढी तथा भ्याटमा दर्ता नभएको निर्माण व्यवसायीलाई करको रकम भुक्तानी गरेको छ । यसैगरी

मापदण्डबिनै १० होटललाई १ करोड ३९ लाख भुक्तानी

कोरोना भाइरस (कोभिड–१९)को समयमा कर्णाली प्रदेश अस्पतालले नियमावली विपरीत होटलहरुलाई रकम भुक्तानी गरेको पाइएको छ । कोभिडको समयमा कामका खटिएका अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई वीरेन्द्रनगरका होटलहरुलाई व्यवस्थापन गरिएको थियो । यद्यपि होटलहरुलाई अस्पतालले काममा खटिएको कुनै विवरण नै संलग्न नगरी डेढ करोड बढी रकम भुक्तानी गरेको पाइएको हो । महालेखा परीक्षाको कार्यालयले बुधबार सार्वजनिक गरेको आव ०७७–०७८ को प्रतिवेदन अनुसार अस्पतालले वीरेन्द्रनगरका १० वटा होटलहरुलाई १ करोड ६९

पोल भाडाबापत डेढ करोड संकलन

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत् पोल प्रयोग गरेबापत एक करोड ५७ लाख ३९ हजार ९७३ शुल्क संकलन गरेको छ । जिल्लामा रहेका १४ वटा केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाबाट भाडा रकम भुक्तानी गराइएको हो ।       भुक्तानी गर्नेमा चित्रवन युनिक केवल, कनेक्सट नेपाल, त्रिवेयाणी केवल नेटवर्क, फाइवर वल्ड कम्युनिकेशन प्रा.लि रहेका कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।      यस्तै, ब्रोडलिङ्क, वेबसर्फर, डिशहोम, भायनेट कम्युनिकेशन, टेक माइन्स कम्युनिकेशन र एनसेलले पोल प्रयोगबापतको राजस्व बुझाएका हुन् । उनका अनुसार जिल्लामा अझै सीम टिभी र क्लासिटेक कम्युनिकेशनले ३०/३० लाख बुझाउन बाँकी रहेको छ । अन्य ससाना कम्पनीहरू पनि रहेको र उनीहरू राजस्व बुझाउन आउने क्रम जारी रहेको कार्यालयले जनाएको छ । कार्यालयले पोल प्रयोग गरेबापतको भाडा बुझाउन केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाको लाइन काट्ने तथा सामान जफत गर्ने गरेपछि सेवा प्रदायक संस्थाहरूले पोल भाडा बुझाउन थालेका हुन् । रासस