भागरथी हत्यामा संलग्न अपराधीलाई छाडिन्न : प्रधानमन्त्री
१ फागुन, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नहरु छिट्टै पक्राउ पर्ने बताएका छन् ।
नेकपा ओली समूहले शनिबार बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई बद्नाम …
बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न भन्दै पुर्पक्षका लागि बाल सुधार गृहमा पठाइएका अभियुक्तको डिएनए म्याचिङ भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहका अनुसार भागरथीको शरीरबाट लिइएको भेजाइनल स्वाब र अभियुक्तको डि...
बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टको डिएनए परीक्षणका लागि पठाइएको छ।
डिएनए परीक्षणका लागि रगतलगायत आवश्यक पर्ने अन्य वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको हो। डिएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका थप कुराको पुष्टि हुने जिल्ला…
काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको हत्या अनुसन्धानमा संलग्न दुई प्रहरीको बढुवा भएको छ । उत्कृष्ट कार्य गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल दरबन्दीका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापा प्रहरी नायव निरीक्षक (सई) मा र प्रहरी जवान नरबहादुर थापा प्रहरी हवल्दारमा पदोन्नति भएका हुन् ।
आफूलाई तोकिएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पादन गरी प्रहरी संगठनको प्रतिष्ठा र गौरव बढाउनमा उल्लेखनीय कार्य गरेको भन्दै उनीहरुलाई बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अन्य ५ जना प्रहरी कर्मचारीहरु नगद पुरस्कारद्वारा पुरस्कृत भएका छन् ।
असई पदम बहादुर थापाले बैतडी दोगडाकेदार गाउँपालिका ७ चडेपानीस्थित सनातन माध्यामिक विद्यालय बैतडीमा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको गत माघ २१ गते जबरजस्ती करणी पछि हत्या भएको घटना अनुसन्धान गरेका थिए । यस्तै, कैलाली धनगढी उपमहानगरपालिका १० जुगेडास्थित अस्थाई प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द विक तथा प्रहरी जवान रामबहादुर साउदलाई तस्करहरुको समूहले गत कात्तिक १ गते हत्या गरेको घटना र कञ्चनपुर पुनर्वास नगरपालिका १ बस्ने ७१ वर्षीया खण्टी भुलको गत पुस ११ गते भएको हत्यामा संलग्न प्रतिवादीलाई पक्राउ गर्न पनि थापाले भूमिका निर्वाह गरेका थिए ।
प्रहरी हवल्दार नरबहादुर थापाले उपरोक्त तीन वटै घटना तथा बझाङ मष्टा गाउँपालिकामा बालिका सम्झना विकको जबरजस्ती करणी पछि हत्या भएको घटना अनुसन्धानमा सक्रिय रुपमा खटिई प्रतिवादीलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
भागरथी हत्या घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्ने कार्यमा खटिएका ५ जना प्रहरी कर्मचारीहरु नगद पुरस्कार प्रदान गरिएको छ ।
नगद पुरस्कार पाउनेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम राज सुवेदी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो दरवन्दीका प्रहरी नायव उपरीक्षक पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरवन्दीका प्रहरी नायव निरीक्षक दुर्गाकुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरवन्दीका प्रहरी जवान अशोकबहादुर कुँवर रहेका छन् ।
बैतडी दोगडाकेदार ...
१२ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपी दिनेश भट्टलाई प्रहरीले मंगलबार अदालतमा हाजिर गराएको छ ।
अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न दिएको ५ दिनको म्याद सकिएपछि थप गर्न अदालत …
विनाद सिंह विष्ट, बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेका भनिएका अभियुक्त दिनेश भट्टले बयान फेरेका छन् । यसअघि छोराले त्यत्रो अपराध गरेको होला भनेर लागेकै थिएन तर आफुसमेत रहेको बेला लिइएको बयानमा सबै मैले गरेको हुँ भन्छ, कसरी नपत्याउनु ?’ –बुबा दीपकराज भट्ट बिहीबार सरकारी […]
काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले आज सार्वजनिक गरेको छ । प्रहरीले पत्रकार सम्मेलन गरी भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्टलाई पक्राउ गरी सार्वजनिक गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा पत्रकार सम्मेलन […]
The post भागरथी हत्या प्रकरणका आरोपित प्रहरीद्वारा सार्वजनिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ती व्यक्तिलाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो ।