नेपाल टी-२० लिग पुस ८ गतेदेखि हुने, काठमाडौं गोर्खाजको सट्टा काठमाडौं नाइट्स थपियो

२२ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आधिकारिक रुपमा आयोजना गर्न लागेको नेपाल टी-२० लिगको पहिलो संस्करणमा काठमाडौं नाइट्स भित्रिएको छ । काठमाडौं गोर्खाजले नाम फिर्ता लिएपछि उसको सट्टामा क्यानले काठमाडौं नाइट्सलाई आवद्ध गरेको हो । नेपाल स्पोर्ट्स भेन्चरको स्वामित्वमा काठमाडौं नाइट्सले लिग खेल्ने क्यानले जनाएको छ । योसँगै लिगमा ६ फ्रेन्चाइजले प्रतिस्पर्धा […]

सम्बन्धित सामग्री

नेपाल टी–२० लिग : आज ‘प्लेअफ’ को दोस्रो खेल

काठमाडौं : पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेटमा सोमबार ‘प्लेअफ’ को दोस्रो खेल हुँदैछ। प्लेअफमा आज इलिमिनेटरको खेल हुदैछ ।काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीच खेल हुन लागेको हो। खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्याह्न १२ बजे सुरु हुनेछ।यो लिगको समूह चरणको दुई खेलमा विराटनगर र काठमाडौंले एकआपसविरुद्ध दुई खेल खेलेकामा १/१ खेल जितेका छन्। विराटनगरले तेस्रो तथा काठमाडौंले चौथो स्थानमा रहँदै समूह चरण पार गरेका थिए ।सोमबारको विजेताले  आइतबारको पहिलो क्व

नेपाली क्रिकेटमा अन्तर्राष्ट्रिय माफिया प्रवेश गरेको हो ?

विवादै विवादकाबचि जारी रहेको नेपाल टी-२० लिग अन्ततः सिआईबीको अनुसन्धानको घेरामा परेको छ । खेल हार्न र जित्न पैसाको चलखेल लगायत अन्य अवैध गतिविधिको आशंकापछि अनुसन्धान हुन लागेको हो । मंगलबार नेपाल टी–२० लिगमा काठमाडौं नाइट्स क्लबका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताए । यसअघि नेपाल टी-२० लिगका कमेन्टेटर सचिन …

लुम्बिनी र काठमाडौंको खेल १७ ओभरमा घटाइयो

२० पुस, काठमाडौं  । नेपाल टी-२० लिग अन्तर्गत काठमाडौं नाइट्स र लुम्बिनी अलस्टार्स बीचको खेल १७ ओभरमा घटाइएको छ। म्याच अम्पायरले मैदान चिसो भएका कारण समयमा टस हुन नसकेपछि ओभर घटाइएको हो । ८:३० मा हुनु पर्ने टस ९:१५ मा भएको छ । बुधबार हुने पहिलो खेलमा लुम्बिनीले टस जितेर ब्याटिङ गर्दैछ । साढे ८ […]

ज्ञानेन्द्र मल्लले भने : हाम्रो खेलाडीलाई फिक्सिङको प्रस्ताव आयो

१९ पुस, काठमाडौं । नेपाल टी–२० लिग खेलिरहेको काठमाडौं नाइट्स क्लबका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताएका छन् । मंगलबार बिराटनगर सुपर किङ्ससँगको खेलपछि पत्रकारहरुसँग कुरा गर्दै उनले एक जना खेलाडीलाई फिक्ङिको प्रस्ताव आएको खुलाएका हुन् । ‘अरुको टिमको कुरा थाहा भएन हाम्रो टिमको एउटा प्लेयरलाई अप्रोच गरेको थियो । […]

विवादमा नेपाल टी–२० लिग : खेलाडीले टस गर्न पनि मानेनन्

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानको आयोजनामा जारी नेपाल टी–ट्वान्टी लिगमा विवाद उत्पन्न भएको छ।पारिश्रमिक नपाएपछि खेलाडीले खेल्न नमान्दा नेपाल टी–ट्वान्टीमा आज मंगलबार हुने खेलहरु अन्योलमा परेको छ।तालिका अनुसार मंगलबार बिहान काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीच खेल हुने तालिका थियो। त।।  तर, दुबै टोलीका खेलाडीले टस नै गर्न मानेका छैनन्। दुबै टोलीले प्लेईङ–११ मा नाम दर्ता समेत गराएका छैनन्।फ्रेन्चाईज टोलीमा आबद्द खेलाडीले सहमति अनुसारको रकम नपाएपछि उनीहरु आन

नेपाल टी-२० लिग : खेलाडीले टस गर्नै मानेनन्

१९ पुस, काठमाडौं । नेपाल टी-२० लिगमा आज मंगलबार हुने पहिलो खेलमा काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सका कप्तानले टस गर्न नै नमानेपछि खेल अनिश्चित बनेको छ । त्रिवि क्रिकेट मैदानमा बिहान साढे ८ बजे टस हुनु पर्ने थियो । तर खेलाडीले टस गर्न नै मानेनन् । खेलाडी तथा अफिसियलहरूले पारिश्रमिक नपाएको गुनासो गर्दै आएका […]

नेपाल टी–२० लिग क्रिकेटमा आज पनि दुई खेल

काठमाडौं : नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा मंगलबार पनि दुई खेल हुँदैछ।पहिलो खेल बिहान ९ बजे  कीर्तिपुरस्थित त्रिवि मैदानमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टारबीच हुनेछ। दुई खेल जितेको लुम्बिनी लगातार तेस्रो जित निकाल्न चाहन्छ। ऊ २ खेलमा ४ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।दुई खेल खेलेर अंकविहीन पोखरा पहिलो जितको खोजीमा छ। ऊ दुई खेलमा अंकविहीन रहेर तालिकाको पुछारमा छ।कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १ सुरु हुने दोस्रो खेलमा काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीच ख