सम्मान कार्यक्रममा संगीतकर्मीलाई 'सम्मान'नै बहिष्कार गर्न आग्रह, 'त्यो शोषकहरूले फकाउन दिएका हुन्'

शनिवार नेपाली संगीत क्षेत्रका दुई अग्रज सम्मानित भए। गायक कुमार बस्नेत र संगीतकार प्रकाश गुरुङलाई भक्तराज आचार्य संगीत प्रतिष्ठानले 'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७७' प्रदान गरेको हो। कार्यक्रममा दुई स्रष्टाले नेपाली संगीत क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा भयो। कुमार बस्नेत लोक गीत तथा संगीत संरक्षण एवं प्रवर्द्धनमा ७ दशक यता…