विशेष अदालतको आदेश विरुद्ध सर्वोच्च पुगे अख्तियारका पूर्वप्रमुख आयुक्त बस्नेत

विशेष अदालतको आदेश विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेत सर्वोच्च अदालत पुगेका छन् ।  शुक्रबार सर्वोच्च अदालतको समय सकिनै लाग्दा बस्नेतले विशेष अदालतको थुनामा पठाउने आदेश विरुद्ध निवेदन दर्ता गराएका हुन् ।  बस्नेतलाई विशेष अदालत काठमाडौंले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर गरेर डिल्लीबजार कारागारमा पुर्पक्षका लागि पठाएको थियो । भौतिक योजना तथा निमार्ण मन्त्रालयको सचिव भएका बेला बस्नेतले कार्यक्षेत्र मिच्दै बालुवाटारस्थित ललि