आजबाट नबिल-एनबी एकीकृत कारोबारमा जाने, २८ अर्बको पुँजीसहित सबैभन्दा ठूलो बैक बन्ने

आजदेखि नबिल बैंक र नेपाल बंगलादेश बैंक औपचारिक रूपमै मर्जर हुने भएका छन् । आज बेलुका ४ : ३० बजे दुई बैंकबीच मर्जरको घोषणा हुदैछ । योसँगै मर्जरपछिको एकीकृत कारोबार नबिल बैंक लिमिटेड हालसम्मकै ठूलो बैक बन्नेछ । बैंकको चुक्ता पुँजी २८ अर्ब ५७ करोड पुग्ने छ ।हाल नबिल बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड छ भने नेपाल बंगलादेशको चुक्ता पुँजी १० अर्ब ८ करोड रहेको छ ।यसअघि २३ अर्ब ७९ करोड चुक्ता पुँजीसहित ग्लोबल आईएमई बैंक सबैभन्दा ठूलो बैकको रुपमा स्थापित थियो । तर, पछिल्लो समय नबिल-एनबी मर्जर भएर &