काठमाडौं : नेपाली कांग्रेस काठमाडौंले वैशाख २३ गते काठमाडौंमा चुनावी सभा गर्ने भएको छ। जिल्ला कार्यसमितिको कार्यालय ज्ञानेश्वरमा सोमबार बसेको बैठकले वैशाख २३ गते रत्नपार्कमा चुनावी सभा गर्ने निर्णय भएको नेता प्रकाशमान सिंहका स्वकीय सचिव युपी लामिछानेले बताए। २३ गते दिउँसो १ बजे रत्नपार्कस्थित शान्तिवाटिकामा चुनावी सभा गर्ने भएको छ। आजको बैठकमा कांग्रेस महामन्त्री गगन थापा, कांग्रेस नेता सिंहलगायत जिल्ला कार्यसमितिका नेताहरूको उपस्थिति थियो।