सङ्क्रमण फैलिएपछि लमजुङमा बङ्गुर ओसारपसारमा प्रतिबन्ध

लमजुङ । लमजुङमा बङ्गुर तथा बङ्गुर जन्य पदार्थ ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । बेसीशहरस्थित विभिन्न फार्ममा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फीभरको सङ्क्रमण फैलिएसँगै जिल्लामा बङ्गुर तथा बङ्गुर जन्य पदार्थ ओसारपसारमा प्रतिबन्ध लगाइएको हो ।