बझाङमा पहिरोले पुरिएर एक महिलाको मृत्यु, भिरबाट लडेर एक बेपत्ता

ललित सिंह, बझाङ । बझाङको तलकोट गाउँपालिका–६ रजाडामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । रजाडामा धारामा पानि भर्दै गर्दा शुक्रबार जमिन भासिएर पहिरो जाँदा पहिरोमा पुरिएर स्थानीयवासी ६० वर्षीया सुना दमाईको ज्यान गएको हो । पानि भर्न गएकी दमाईको पहिरामा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्काले बताउनुभयो । उहाँले […]