चान्सुको नेपाल भ्रमण : आज यी सडकमा सवारी आवागमन प्रभावित हुने

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारीका कारण आज पनि काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने भएको छ । ली नेतृत्वको टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएको छ ।  राष्ट्रपति भण्डारीसँग दिउँसो भेटवार्ता गर्ने तालिका छ । त्यसअघि लीले भक्तपुर दरबार स्वायर अवलोकन गर्ने तालिका छ । उनी भक्तपुर जाने समय बिहान ९ बजे रवि भवन, सोल्टी होटल, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लो

सम्बन्धित सामग्री

अमेरिकी सहायकमन्त्री ट्रुडो आज नेपाल आउँदै

काठमाण्डाै - अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो आज नेपाल आउँदै हुनुहुन्छ । चीनको नेशनल पिपुल्स कंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमण लगत्तै अमेरिकी सहायक विदेशमन्त्री ट्रुडोको नेपाल भ्रमण हुन लागेकाले यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अहिले विभिन्न देशमा फैलिरहेको मिथ्या सूचना, भ्रम चिर्न र लोकतान्त्रिक सञ्चारको भूमिका विषय अन्तरक्रियाका लागि ट्रुडो नेपाल आउन लाग्नु भएका अमेरिकी विदेशी मन्त्रालयले निकालेको विज्ञप्ति उल्लेख छ । नेपालमा रहँदा उहाँले राजनीतिक ...

अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै

अमेरिकी उच्च अधिकारीहरुले नेपाल भ्रमण गर्ने शिलशिला पछिल्लो समय बढेको छ । यसै क्रममा अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज  नेपाल भ्रमणमा आउँदै छिन् । उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् । चीनको नेशनल पिपुल्स कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर फर्किएलगत्तै अमेरिकी सहायक विदेशमन्त्री ट्रडो नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण मानिएको छ । अमेरिकी विदेशी मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘हाल विभिन्न देशमा फैल

चार दिने नेपाल भ्रमण सकेर ली स्वदेश फर्कँदै

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु आज स्वदेश फर्कने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार उनी चार दिने नेपाल भ्रमण पुरा गरी बिहान विशेष विमानबाटै स्वदेश फर्कन लागेका हुन्। बुधबार मात्रै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका  थिए। […]

भारतीय सेनाप्रमुख मनोज पांडेको नेपाल भ्रमण सम्पन्न

काठमाडौं : भारतीय सेनाप्रमुख मनोज पांडेको औपचारिक नेपाल भ्रमण सम्पन्न भएको छ। नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका पांडे आज स्वदेश फिर्ता भएका हुन्।उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्की र श्रीमती मनिषा कार्कीले बिदाई गरेका थिए। भ्रमणका क्रममा नेपाल र भारतका सेनाध्यक्षहरूलाई एक अर्का देशको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने परम्पराको निरन्तरता दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाप्रमुख पांडेलाई नेपाली सेनाको

नेपाल भ्रमण दशक घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ । सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक तीन महिनाभित्र घोषणा गरिसक्ने गरी तयारी गरिरहेको  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बताउनुभयो । साेही मन्त्रालयले आज (आइतबार) पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । […]

'नेपाल भ्रमण दशक' घोषणा गर्ने सरकारको तयारी

काठमाण्डाै – सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी गरेकाे छ ।  आज आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा गर्नुभएको 'रिकभरी प्लान' ल्याउने निर्णयअनुसार आइतवार मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेको हो ।  कार्ययोजना प्रस्तुत गर्दै मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक तीन महिना...

सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्दै सरकार

काठमाडौं, साउन ८ । सरकारले सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज सार्वजनिक गरेको पर्यटन पुनरुत्थान कार्ययोजना घोषणा कार्यक्रममा भ्रमण दशकबारे सार्वजनिक गरिएको हो । सरकारले यसअघि सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको थियो । कारोना महामारी भित्रिएपछि उक्त अभियान बिचैमा रद्द गरिएको […]

चारदिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्कंदै लिउ

काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चिन्चाओले चार दिने नेपाल भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कंदै छन्।गत आइतबार काठमाडौं आइपुगेकाका लिउ नेतृत्वको प्रतिनिधिमण्डल आज राति स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले थाहाखबरलाई जानकारी दिइन्।भ्रमणको अन्तिम दिन आज उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन्। त्यसपछि उनले आज नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेसँग भेट गरेका हुन्।भ्रमणको तेस्रो दिन उनल

चार दिने नेपाल भ्रमण सकेर लिउ आज स्वदेश फर्कँदै

काठमाडौँ – चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ आज स्वदेश फर्कँदै छन् । गत आइतबार चार दिने नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका लिउ बुधबार स्वदेश फर्कन लागेका हुन् । लिउ पौने १२ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ । त्यसअघि साढे १० बजे उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्ने […]

भारतीय सेनाको नेतृत्वमा ३९ सदस्यीय टोली आज नेपाल आउँदै

काठमाडौं : भारतीय जलसेनाका उच्च अधिकारीको नेतृत्वमा भारतीय तथा अन्य देशका सेनाको टोली आज भ्रमणमा नेपाल आउँदैछ।भारतको राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज)मा सञ्चालित नेशनल डिफेन्स कोर्समा सहभागी प्रशिक्षार्थी र अधिकारीहरुले त्यहाँका वरिष्ठ निर्देशक तथा भारतीय जल सेनाका रियर एडमिरल धीरेन भिगको नेतृत्वमा एक साताको नेपाल भ्रमण गर्ने भएको हो। नेपाली सैनिकका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलका अनुसार ३९ सदस्यीय टोलीले आजदेखि कात्तिक ६ गतेसम्म नेपाल भ्रमण गर्नेछ।भ्रमणका क्रममा टोलीले प्