काठमाडौं : अनिवार्य अवकाशबाट निवृत्त प्रहरी महानिरीक्षकसहित १९ जनाको आज बिदाइ गरिएको छ। २८औं प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई गृहमन्त्री बालकृष्ण खाँणले बिदाइ गरेका हुन्। आइतबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले क्षेत्रीलाई बिदाइ गर्दै मायाको चिनो प्रदान गरे।गृहमन्त्री खाँणले सेवा निवृत्तपछिको व्यावसायिक जीवनको उत्तरोत्तर प्रगतिको पनि कामना गर्दै कोभिड–१९ को विषम परिस्थितिमा संक्रमण रोकथाम तथा नियन्त्रण एवम् आम नागरिकको सुरक्षाको लागि अंग्रपक