प्रधानमन्त्री कप क्रिकेट: प्रदेश १ र एपिएफ क्लब विजयी

अंकित सुवेदीको शतकको सहयोगमा मंगलवार प्रदेश १ ले प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को खेलमा बागमती प्रदेशमाथि ६९ रनको जित निकालेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा प्रदेश १ दिएको ३ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा बागमती प्रदेश २ सय ३५ रनमा समेटिएको थियो । जवाफी ब्याटिङ गरेको बागमतीले ४५.५ ओभरमा सबै विकेट गुमाउन पुगेको थियो । बागमतीका लागि नन्दन यादवले ४८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४३ रन जोडेका थिए । ओपनर इश