नेपाल एसबिआई बैंक लिमिटेडको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले ‘ग्लोबल मनी विक २०२४’ को अवसरमा ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ नाराका साथ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले कलेज विद्यार्थीहरूलाई बचतको महत्त्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीको पहिचान, शेयर बजार, अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणा लगायत वित्तीय साक्षरताका विभिन्न पक्षहरूमा सचेत गराएको बताइएको छ । बैंकका न्यूरोड, भक्तपुर, पाटन, बरगाछी, वीरगञ्ज, जनकपुर, डडेल्धुरा, वालिङ, टेकु, हेटौंडा, पीपीओ पोखरा, दुलेगौंडा, विराटनगर, चन्द्रनिगाहापुर, कोहलपुर, मणिग्राम, दाङ लगायतका विभिन्न शाखामा सञ्चालित कार्यक्रममा करीब आठ सय जनाको सहभागिता रहेको बताइएको छ ।

सम्बन्धित सामग्री

नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल मनी विक २०२४ को अवसरमा ‘प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर’ भन्ने नाराका साथ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

नेपाल एसबिआई बैंक लिमिटेडको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं, १४ चैत्र । नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी विक २०२४ को अवसरमा “प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर” भन्ने नाराका साथ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। बैंकले यो कार्यक्रम सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको हो । सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले कलेज विद्यार्थीहरूलाई बचतको महत्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीको पहिचान, […]