भारतले बढायो आन्तरिक उडानको संख्या

एजेन्सी। भारतले लकडाउनलाई खुकुलो बनाउँदै आन्तरिक उडानको संख्या बढाएको छ। यसअघि ५० प्रतिशत उडानलाई अनुमति दिएको भारतको सिभिल एभियसन मन्त्रालयले बढाएर ६५ प्रतिशत पुर्याएको हो। कोरोना महामारीको समयमा गरिएको लकडाउनका कारण भारतीय हवाई उद्योग ठूलो समस्यामा परेको थियो। तर अब लकडाउनलाई केही खुकुलो बनाउने क्रममा हवाई उडानको संख्या बढाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।