सडक पूर्वाधार निर्माण एवं लगानीबारे चेम्बर र चिनियाँ राजदूतबीच छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र चिनियाँ राजदुतबीच सडक पूर्वाधार निर्माण एवं लगानीबारे छलफल भएको छ । सोमबार चेम्बर पदाधिकारी र चिनियाँ राजदुतबीचको भेटवार्ता कार्यक्रममा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरण एवं लगानीबारे छलफल भएको हो । जहाँ चेम्बरले सीमा क्षोत्रमा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणका लागि आग्रह गरेको छ । […]

सम्बन्धित सामग्री

व्यापार सहजीकरणका लागि चेम्बरको आग्रह

काठमाडौं। सीमामा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणमा सघाउन नेपाल चेम्बर अफ कमर्सले चिनियँ राजदूतसँग आग्रह गरेको छ । मुख्य व्यापारिक साझेदार चीनसँगको सीमामा स्तरीय पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणका लागि चेम्बरले आग्रह गरेको हो । काठमाडौंको जमलस्थित भवनमा सोमवार चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारी र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच दुई मुलुकको व्यापार, लगानी, एवं पर्यटन क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको हो । ‘चीन नेपालको मुख्य व्यापारिक साझेदार राष्ट्र हो, दुई देशको सीमामा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरण गर्न आवश्यक छ,’ राजदूत छनसँगको भेटवार्तामा अध्यक्ष मल्लले भने, ‘केरुङसम्मको सडक निर्माणका लागि पहल गर्न पनि आग्रह गर्दछु, ।’ चीनसँग नेपालको व्यापार खाडल उच्च रहेको भन्दै अध्यक्ष मल्लले नेपाली वस्तुको निर्यात वृद्धिका लागि पहल गरिदिन चिनियाँ राजदूत छनलाई अनुरोध गरे । नेपालले गतवर्ष चीनबाट वार्षिक २ खर्ब २२ अर्ब रुपैयाँ बराबरको आयात गर्दा निर्यात भने १ अर्ब ७६ करोड रुपैयाँ हाराहारीमा गरेको छ । नेपालको जलविद्युत्, पर्यटन एवं सूचना प्रविधिको क्षेत्रका लगानी गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे । दुई मुलुकबीच व्यापार एवं लगानीका साथै सांस्कृतिक आदान प्रदान गरेर पर्यटन गतिविधि बढाउनुपर्नेमा उनले जोड दिए । चेम्बरका पदाधिकारीसँगको भेटवार्ताका क्रममा राजदूत छनले नेपाल चिनियाँ सहयोगको उच्च प्राथमिकतामा रहेको बताए । नेपालको आर्थिक विकास र समृद्धिका लागि राज्यको नीति स्थिर हुनुपर्ने र यसका लागि निजीक्षेत्रले पनि पहल गर्नुपर्ने उनको भनाइ थियो । नेपाल जलविद्युत्मा आत्मनिर्भर हुने क्रममा रहेको भन्दै राजदूत छनले विद्युतीय सवारीसाधनलाई उच्च प्राथमिकतामा राखेर इन्धनको आयातबाट हुने व्यापार घाटा कम गर्न सुझाव दिए । ‘नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना रहेको छ,’ उनले भने, ‘यसलाई उद्योगको रूपमा विकास गरेर अघि बढाउनुपर्छ ।’