सिम्रिक एयरका सबै हेलिकोप्टर ग्राउन्डेड

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउन्डेड गरेको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएपछि कम्पनीका बाँकी हेलिकोप्टरलाई ग्राउन्डेड गरिएको हो । जिल्लाको भोटखोला गाउँपालिका–४, सिप्रुङ भन्ने स्थानमा नाइन एन एजेजेड रजिस्ट्रेसन रहेको हेलिकोप्टर अवतरणका क्रममा शुक्रबार दुर्घटनामा परेको थियो । उक्त हेलिकोप्टरमा सवार पाँच जनामध्ये घाइते चार जनाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित सामग्री

हुम्लामा खाद्यान्न अभाव : ढुवानीमा बेवास्ताले सहरमै थन्कियो चामल

सिमकोट, (हुम्ला) । समयमै ढुवानी नहुँदा हिमाली जिल्ला हुम्लामा खाद्यान्न अभाव देखिएको छ । ढुवानीको जिम्मा पाएका सप्लायर्स कम्पनी र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लापरबाहीका कारण यहाँ खाद्यान्न अभाव भएको हो ।  लिमिटेडको सिमकोट शाखामा दुई महीना यतादेखि खाद्यान्न अभाव हुँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा हुम्लाका लागि १४ हजार क्विन्टल चामल स्वीकृत गरिए पनि हालसम्म ढुवानी हुन नसक्दा यहाँको गोदाम रित्तिएको छ । स्थलमार्गबाट चार हजार क्विन्टल र हवाई मार्गबाट १० हजार क्विन्टल ढुवानीका लागि सम्झौता भए पनि सप्लायर्सहरूले समयमै ढुवानी गर्न नसकेको सिमकोट शाखा प्रमुख कृष्ण अधिकारीले बताए ।  स्थलमार्गबाट तीन हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सले अहिलेसम्म ढुवानी गरेको छैन । एक हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको चाङला ढुवानी सेवाले एक सय ४८ क्विन्टल मात्रै उठाएको छ ।  साउनमा ढुवानीका लागि बोलपत्र आह्वान गरेर भदौदेखि ढुवानी हुनुपर्ने खाद्यान्न हालसम्म सप्लायर्सले ढुवानी गर्न सकेको छैन । लिमिटेडले भदौमा मात्र ढुवानीका लागि बोलपत्र आह्वान गरेको थियो । हाल गोदाममा रहेको कम परिमाणको खाद्यान्न पनि विक्री गर्न सक्ने अवस्थामा नरहेको उनले जानकारी दिए ।   खाद्यान्न ढुवानी नहुँदा र नागरिकलाई वितरण गर्न नसक्दा आफूलाई रातभर निद्रासमेत नलाग्ने गरेको उनले बताए । यहाँ एक पटक खाद्यान्न सर्वसाधारण, बजारवासी र कर्मचारीलाई विक्री तथा वितरण गर्दा दुई हजार पाँच सय क्विन्टल आवश्यक पर्छ । भैपरी आउने कार्य जन्म, मृत्यु र कैदीबन्दीलाई पनि अब चाँडै ढुवानी नभए वितरण गर्न नसकिने अवस्था छ ।  अहिले ढुवानीका लागि सप्लायर्स सिम्रिक एयरको हेलिकोप्टर छनोट भएर सम्झौता मात्र भएको तर उक्त एयरलाइन्सले खाद्यान्न बुझेर ढुवानी गर्ने काम अगाडि नबढाएका कारण जिल्लामा खाद्यान्न समस्या देखिएको हो । सिम्रिक एयर हेलिकोप्टर लिमिटेडले हवाई मार्गबाट १० हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा पाएको छ ।  सिमकोट शाखाका लागि सुर्खेतबाट ६ हजार क्विन्टल र नेपालगञ्जदेखि सिमकोटसम्म चार हजार क्विन्टल गरी १० हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा पाएको हो । नेपालगञ्जबाट सिमकोटका लागि प्रतिकेजी रु एक सय ४३ र सुर्खेतबाट सिमकोटका लागि प्रतिकेजी एक रु सय ३७ रुपैयाँका दरले सम्झौता भएको थियो ।  सहरमै थन्कियो ढुवानी हुने चामल हालसम्म राष्ट्रिय सडक सञ्जालले छुन नसकेको हुम्लाको सदरमुकाम सिमकोट शाखामा पुग्नुपर्ने चामल सिम्रिक एयरले ढुवानी नगर्दा नेपागलञ्ज र सुर्खेतमै थन्किएका छन् । यसैगरी स्थलमार्गबाट तीन हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सका प्रोपाइटर लोकेन्द्र भण्डारीले अहिलेसम्म ढुवानीमा चासो देखाएका छैनन् । स्थलमार्गबाटै एक हजार क्विन्टल चामल ढुवानी गर्नुपर्ने चाङला ढुवानी सेवाले पनि हालसम्म खाद्यान्न ढुवानी गरेको छैन । स्थलमार्गबाट नेपालगञ्ज हुँदै हुम्लाको सिमकोटसम्म प्रतिकेजी  ४० रुपैयाँ ६८ पैसा, सुर्खेतबाट स्थलमार्ग हुँदै सिमकोटसम्म रु ३९, धनगढीदेखि सिमकोटसम्म ४२ रुपैयाँ ९४ पैसा र राजापुर बर्दियादेखि सिमकोटसम्म ४१ रुपैयाँ ८१ पैसामा ढुवानी गर्न सम्झौता गरेको पाइएको छ ।  दुई महीनादेखि पाइएन  समयमै खाद्यान्न ढुवानी नहुँदा दुई महीनायतादेखि नियमित कोटाको पाउनुपर्ने चामल नपाइएको सिमकोट गाउँपालिका–७ डाडाँफयाका वीरबहादुर सिंहको गुनासो थियो । उक्त लिमिटेड र ढुवानीको जिम्मा पाएका सप्लायर्सले ढुवानीमा बेवास्था गर्दा सङ्कट निम्तनिुका साथै खाद्यान्न नपाएको उनले बताए । सिंहले भने, ‘नागरिकले चामल पाउन कहिले नागरिकतासमेत पेस गर्नुपर्छ त कहिले महिनौं दिनसम्म यस्तै समस्या भोग्नुपर्छ ।’ जिल्लाका राजनीतिक दलले चामलमा राजनीति गरेको तर जनताको समस्या बुझ्न नसकेको उनको गुनासो थियो ।  सिमकोट शाखाले गोदाम रित्तै हुँदा खाद्यान्न वितरण गर्न नसकेपछि सदरमुकाम सिमकोटमा बस्दै आएका विद्यार्थी, होटेल व्यवसायी, कर्मचारी, सर्वसाधरण र सिमकोट तल्लो गाउँ र माथिल्लो गाउँका नागरिकलाई थप समस्या भएको छ । सिमकोट तल्लो गाउँ र माथिल्लो गाउँका बासिन्दाको खेतीपाती कम हुने र सधैं किन्नुपर्ने खाद्यान्नको भरपर्नुपर्ने भएका कारण उनीहरूलाई समस्या निम्तिएको हो ।  यस्तै मासिक १५ केजी चामल प्रतिव्यक्ति पाउने सदरमुकामका कर्मचारीले समेत पाउन सकेका छैनन् । कोटाको चामल नपाउँदा कर्मचारीले बजारमा महँगो मूल्य तिरेर खरीद गर्नुपर्ने बाध्यता छ । सिमकोट शाखाको गोदाम खाली भएपछि उपभोक्ता खाली हात फिर्ता जान बाध्य छन् । हुम्लाका दुईवटा डिपो र चारवटा बिक्री केन्द्रमा पनि खाद्यान्न छैन । याल्वाङ र लिमी बिक्री केन्द्रबाहेक अरू बिक्री केन्द्रमा चामल पुग्न सकेको छैन ।

सिम्रिक एयर ग्राउन्डेड

सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले यसका सबै हेलिकोप्टरलाई अर्को निर्णय नहुन्जेलसम्मका लागि ग्राउन्डेड गरिदिएको छ ।

सिम्रिक एयर हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु, गम्भीर चारको काठमाडौंमा उपचार

सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । हेलिकोप्टरमा सवार चार जना गम्भीर घाइते भएको उनले बताए ।

महादेवको दर्शन गर्न ३०० भन्दा बढी भक्तजन हेलिकोप्टरमार्फत गोसाइँकुण्ड पुगे

शिवरात्रि पर्वका अवसरमा सयौँ भक्तजनले गोसाइँकुण्ड शिवजीको दर्शन तथा पूजा आराधना सम्पन्न गरेका छन् । पैदलमार्गको लौरीविनायकदेखि तीर्थस्थलसम्म बाक्लो हिउँ जमेका कारण निलाद्री पर्वतमा विराजमान भगवान्  शिवको दर्शनार्थ सबै यात्रु हेलिकोप्टरमार्फत गोसाइँकुण्ड पुगेका थिए । समुद्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा अवस्थित गोसाइँकुण्ड तीर्थको दहमा पानी जमेका कारण हवाईमार्गबाट गएका भक्तजनले सिम्रिक एयर हेलिकोप्टर कम्पनीले गत वर्ष स्थापना गरेको शिव मूर्तिमा पूजाआजा गरेका थिए ।यस वर्षको शिवरात्रि

सिम्रिक एयरद्वारा सुर्खेतलाई बेस क्याम्प बनाएर हेलिकप्टर सेवा शुरु

असार २३, सुर्खेत । निजी क्षेत्रको अग्रेणी हेलिकोप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले सुर्खेत बेश क्याम्प बनाएर हेलिकोप्टर सेवा शुरु गरेको छ ।  सिम्रिक एयर प्रालिले तेस्रो चरणको कोरोना महामारीलाई ध्यानमा राख्दै उद्दार, उपचारमा नागरिकलाई सहजता पुगोस् भन्ने उद्देश्यले सुर्खेत बेश क्याम्प बनाएर हेलिकोप्टर सेवा शुरु गरेको हो ।   कम्पनीले कोभिड एवं अन्य अत्यावश्यक विरामीका लागि आधुनिक उपकरण, दक्ष डाक्टरसँगै हेलिकप्टर सुर्खेत विमानस्थलमा तयारी अवस्थामा राखेको छ ।  कर्णाली तथा सुदरपश्चिम प्रदेशका नागरिकका लागि चाहिएका बेला सुर्खेत आसपासमा हेलिकप्टर सेवा नहुँदा काठमाडौंबाट मगाउँदा बढी समय खर्चिनुका साथै महँगो भाडा तिर्नुपर्ने बाध्यता रहेको थियो । तर अब कम्पनीले सुर्खेत बेश क्याम्प नै बनाएर हेलिकप्टर सेवा शुरु गरेपछि अत्यावश्यकीय कार्यका लागि प्रदेशका अन्य क्षेत्रबाट उद्दार तथा उपचारमा सहज हुनुका साथै जतिबेला पनि काठमाडौं जान सहजता पुग्ने अपेक्षा गरिएको छ ।  उक्त कम्पनीका बजार विभाग प्रमुख योगेश सापकोटाले पश्चिम क्षेत्रका नागरिकको आवश्यकता र मागलाई ध्यानमा राख्दै सुर्खेत विमानस्थलबाट हेलिकोप्टर सेवा शुरु गरिएको बताए । उनले कोरोना महामारीको पहिलो र दोस्रो चरणमा कर्णाली तथा सुदरपश्चिम प्रदेशबाट कोरोना संक्रमितसँगै अन्य विरामीको हवाई उद्दार गरिएकाले तेस्रो चरणको तयारीका लागि आवश्यक सरसमानसहित सुर्खेत विमानस्थलबाट हेलिकप्टर सेवा शुरु गरिएको बताए ।  ‘कर्णाली तथा सुदरपश्चिमका नागरिकलाई अत्यावश्यकीय हवाई सेवा लिनका लागि काठमाडौं गुहार्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘कम्पनीले आफ्नो सेवालाई कार्गोमा मात्र सीमित नराखि हेलिकप्टर मार्फत विरामी तथा अन्य अत्यावश्यकीय सेवालाई सहज, सुलभ बनाउँदै सुर्खेत बेश क्याम्प बनाएर हेलिकप्टर सेवा शुरु गरेको हो ।’ उनले सुर्खेतबाट हेलिकप्टर सेवा शुभारम्भ गरेसँगै प्रदेश सरकार एवं नागरिकलाई हेलिकप्टर सेवा लिन सहजता पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार कम्पनीले देशैभर २१४ ओटा फ्लाईट कोरोना महामारीको दोस्रो चरणमा कोभिड संक्रमितसँगै सुत्केरी उद्दारलगायतका कार्य गरिसकेको छ । सिम्रिक एयर हाल कर्णाली तथा सुदरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरुमा खाद्यान्न ढुवानीसँगै, मानवर उद्दार, सशस्त्र र नेपाल प्रहरीलगायतका आवश्यक सरसमान ओसार पसार गर्दै आईरहेको कम्पनीका बजार विभाग प्रमुख सापकोटाले जानकारी दिए ।  उनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र स्वास्थ्य मन्त्रालयले तोकेका स्वास्थ्य सुरक्षा तथा सावधानीका सबै मापदण्ड पुरा गरेपछि नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको हेलिकोप्टरलाई कोरोना भाइरस संक्रमितको उद्धार गर्न एयर एम्बुलेन्स सेवाको अनुमति  दिएको बताए ।  कम्पनीले दुई  ओटा हेलिकप्टरलाई कोरोना संक्रमितहरुको सेवाका लागि छुट्याएको छ । कम्पनीसँग हाल पाँच ओटा हेलिकप्टर छन् ।

निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट भए ११ ओटा उद्धार उडान

वैशाख ३१, चितवन । चितवन जिल्लामा निषेधाज्ञा लागू भएपछि ११ ओटा उद्धार उडान भएका छन् । वैशाख २४ गतेदेखि हालसम्म ११ ओटा उडान भएका हुन् । यी सबै हेलिकप्टरमार्फत भएका हुन् । नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार बिहीवार मात्रै तीनओटा उडान भएका छन् । यी सबै उडानमा विभिन्न जिल्लाबाट कोरोना संक्रमितलाई उपचारका लागि यहाँ ल्याइएको हो । शर्माका अनुसार बिहीवार दाङको घोराई, गुल्मी र नेपालगञ्जबाट तीनओटा उद्धार उडान भएका छन् । यस्तै बुधवार गुल्मी, धनगढी र एउटा नेपाली सेनाको उद्धार उडान भएको थियो । यही वैशाख २८ गते काठमाडौं र दाङ, वैशाख २७ गते काठमाडौं र गुल्मीको तम्घास तथा २५ गते काठमाडौंबाट उद्धार उडान भएको शर्माले जानकारी दिए । जिल्लामा वैशाख १६ गते रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । यही वैशाख २० गतेसम्म आन्तरिक हवाई उडान भएका थिए ।  कार्यालयका अनुसार वैशाख २५ गतेदेखि उद्धार उडान हुँदै आएको छ । सिम्रिक एयर, प्रभु हेलिकोप्टर, श्री एयर, अल्टिच्युड एयर, कैलाश एयर र नेपाली सेनाको हेलिकोप्टरले उद्धार उडान गरेका हुन् । काठमाडौंलगायत मुख्य शहरी क्षेत्रमा संक्रमितको उपचारका लागि श्यया खाली नभएपछि एम्बुलेन्स र हेलिकोप्टरबाट यहाँ संक्रमित ल्याउने गरिएको छ ।  बाहिरी जिल्लाबाट ल्याइने संक्रमित अधिकांश चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारका लागि पुयाउने गरिन्छ । रासस

सुधिर चौधरीले तर्साएपछि सगरमाथा क्षेत्रमा हेलिकोप्टरको उडानमा नयाँ नियम

६ फागुन, काठमाडौं । भारतीय पत्रकार सुधिर चौधरीले बीना अनुमति सगरमाथा राष्ट्रिय निकुन्जभित्र कार्यक्रम छायांकन गरी प्रसारण गरेको नजिरका आधारमा सगरमाथा क्षेत्रमा हेलिकोप्टरहरूको उडान-अवतरणामा कडा नियम ल्याइएको छ । चौधरीले सिम्रिक एयर प्रालिको हेलिकोप्टर कालापत्थरमा लगेर …