सगरमाथा नेपाल लेखिएको एक रुपैयाँको सिक्का भोलिदेखि बजारमा

काठमाडौँ । नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागले एक रुपैयाँको सिक्का फेरि प्रचलनमा ल्याउने भएको छ। साबिककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको २०७७ साल लेखिएको एक रुपैयाँको सिक्का बुधवार देखी प्रचलनमा ल्याइने राष्ट्र बैङ्कले जनाएको छ। सिक्काको अग्र भागमा वृत्ताकार चौसट्ठी थोप्ला छन्। त्यहाँ हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहित लिम्पियाधुरा, लिपुलेक र […]

सम्बन्धित सामग्री

१ रुपैयाँको सिक्का चलनचल्तीमा

फागुन २४, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारबाट १ रुपैयाँको सिक्का चलनचल्तीमा ल्याउने भएको छ । सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र ६४ ओटा थोप्लाको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा नेपालको नक्सा रहेको छ । यसैगरी, दृष्टिविहीनहरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न एउटा मोटो थोप्लो रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सिक्काको पछाडि भागमा पनि ६४ ओटा थोप्लाको वृत्ताकार घेराभित्र आठ थोप्लासहितको वृत्ताकार चित्रभित्रको वर्गाकार आकृतिलाई वरिपरि चन्द्र, सूर्य, चक्र, शंख, पद्म, गदा तथा बीचमा सगरमाथाको आकृति र त्यसको मुनि अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको राष्ट्र बैंकले बताएको छ ।