विपन्नलाई छानो फेर्न लगाएर सरकारले पैसा पठाएन, ऋण काढेर छानो फेरेकाहरु सकसमा

झापाः ७४ वर्षीय सन्चमान राई फुसको छानो फेरेर बर्खाअघि पानी नचुहिने नयाँ घर बनाएर बस्न पाउँछु भन्दै निक्कै खुसी थिए।इलामको रोङ गाउँपालिका–४ ओझेली टोलका राई मनसुन सुरु हुनुअघिनै फुसले बनाएको खरको झुप्रो भत्काएर जस्तापाता र चित्राले बेर्ने योजनाकासाथ काम सुरु गरे।सरकारले सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत विपन्न तथा असहाय परिवारको पहिचान गरी पराल र खरको छाना घर भएका परिवारलाई ५० हजार दिने भएपछि गाउँपालिकाले उनको नाम छानो फेर्नको सूचीमा दर्ता गरायो।गाउँपालिकाबाट नयाँ घर बनाएबापत ५० हजार आ