तल्लो तहको निर्वाचन हुने भएकाले तालमेलको टुंगो लाग्न केही समय लाग्छः प्रवक्ता महत

काठमाडौँ। नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले तल्लो तहको निर्वाचन हुने भएकाले चुनावी तालमेलको टुंगो लाग्न केही समय लाग्ने बताएका छन्। मंगलबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले सो कुरा बताएका हुन्।