मैले जस्तो विकास र सुशासनका काम नेपालमा अरु कसैले गरेको छैन - ओली

काठमाण्डौ – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पालामा जस्तो विकास र सुशासन नेपालमा अहिलेसम्म कसैले नगरेको जिकिर गर्नुभएको छ ।बुटवलमा भएको आमसभामा ओलीले आफू प्रधानमन्त्री भएपछि गरेको भन्दै सयौँ कामको फेहरिस्त पनि बताउनुभएको छ । ‘शिक्षा, स्वास्थ्य, विकास, सुशासन र सामाजिक काममा मेरो पालामा ऐतिहासिक तिव्रता आएको छ, यतिधेरै काम अहिलेसम्म कसैले गरेको थिएन, तीन वर्षसम्म हामीले गरेका काम देखेर विरोधीहरु तर्सिएका छन्’, ओलीले भन्नुभयो । ओलीले केहि नराम्रो आचर...

सम्बन्धित सामग्री

बयालपाटा अस्पतालले दिएको सेवा अनुसरणिय छः ओली

पूर्व प्रधानमन्त्री केपी शर्मा वलीले बयालपाटा अस्पतालले प्रदान गरिरहेको स्वास्थ्य सेवा देशकै नमुना रहेको बताएका छन्। झुलाघाट चिवाभञ्ज्याङ यात्राको अवसरमा अछाम पुगेका ओलीले यस्तो प्रकारको अस्पताल विकास गर्नुपर्ने र यसलाई नमुना मानेर देशका अरु ठाँउमा समेत लागू गर्नुपर्ने बताए।

मुलुकको विकास एमाले बाहेक अरु कसैले गर्न सक्दैन : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने बताएका छन् । महाकाली—मेची अभिायनअन्तर्गतको सभालाई शनिबार अछामको साँफे बगरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि देशको विकास हुन नसकेको भन्दै मुलुकको बिकास एमाले बाहेक अरु कसैले गर्न नसक्ने बताएका हुन् । गठबन्धन सरकारआएपछि अहिले देशमा अस्थीरता र […]

एमालेले गरेका राम्रा कामका कारण अरु दल अतालिए : अध्यक्ष ओली

जनकपुरधाम- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेको राम्रा कामका कारण अरु दलहरु अतालिएको बताएका छन् । बुधबार जनकपुरमा एमाले मधेश प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेका कामबाट आफ्नो भविष्य अन्धकार देख्नेहरु अतालिएको बताएका हुन् । यसअघिको एमाले सरकारले मुलुकको विकास र जनताका लागि असाधारण काम गरेको उनले बताए । उनले हुलाकी […]

विकास र राष्ट्रियता : दार्चुलाबाट एमालेले दिएको चुनावी सन्देश

काठमाडौं । नेकपा (एमाले)ले सुदूरपश्चिमको दार्चुलाबाट चुनावी अभियानको सुरुआत गरेको छ । शुक्रबार खलंगामा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी अभियानको सुरुआत गरे । आजै ओलीले अरु दुईवटा चुनावी सभालाई सम्बोधन गर्दैछन् । ओली चुनावी अभियानका क्रममा ४० वटा जिल्लामा पुग्ने कार्यक्रम तय भएको छ । मंसिर...

एमाले सरकारमा जान मात्रै होइन, देश बचाउन खोजिरहेको छ : ओली

जनकपुरधाम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा जानका लागि मात्रै नभएर देश बचाउन, विकास गर्न खोजिरहेको बताएका छन्।सोमबारबाट  जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै  पूर्वप्रधानमन्त्रीसमेत रहेको ओलीले भने मंसिर ४ गते देश कता जान्छ त्यस सम्बन्धमा जनताले महत्वपूर्ण निर्णय लिने बताए।उनले भने, ‘नेकपा एमालेबाहेक यी र यस्ता प्रभावकारी कार्यक्रम अरु कसैले गर्न सक्दैन। मंसिर ४ गतेको निर्वाचनबाट एमालेको सरकार बनाउनुपर

काठमाडौँमा महागठबन्धन विरुद्द एमालेको ‘केशव क्षेप्यास्त्र’

काठमाडौँ महानगरपालिकामा मेयरको उम्मेदवार कसलाई बनाउने भन्ने औपचारिक टुंगो एमालेले भोली शनिबार लगाउँदैछ । तर, अध्यक्ष केपी ओली काठमाडौँको मेयरमा केशव स्थापितलाई उठाउन सकारात्मक भईसकेका छन् । एमालेले ५ दलिय महागठबन्धनविरुद्द स्थापितलाई काठमाडौँ महानगरपालिकामा मेयरको उम्मेदवारका रुपमा उभ्याउने लगभग निश्चित बनेको छ । हाल बागमती प्रदेशसभाको सदस्य रहेका स्थापित यसअघि २०५४ सालमा पनि काठमाडौँको मेयरमा निर्वाचित भएर सफलताका साथ ५ वर्षे कार्यकाल पूरा गरेका नेता हुन् ।उनै केशव पुनः २५ वर्षपछि काठमाडौँ महानगरको नेतृत्व सम्हाल्ने तयारीमा छन् । काठमाडौँको मेयरका लागि  एमाले काठमाडौँ महानगरनगर कमिटीले वैशाख २ मा ५ जनाको नाम सिफारिस गरिसकेको छ । हालका मेयर विद्यासुन्दर शाक्य, संघीय सांसद रामवीर मानन्धर, प्रदेश सांसद केशव स्थापित, निर्मल देउजा र इन्दिरा पन्तको नाम सिफारिस भएको छ । गठबन्धन विरुद्द एमालेको केशव ‘क्षेप्यास्त्र’झिनो मत भएको माओवादी, एमालेबाट करिब ५ हजार मत लिएर टुक्रिएको माधब नेपालको नेकपा एकिकृत समाजवादी र ४५ हजार बढी मत भएको काँग्रेसबीच काठमाडौँमा गठबन्धन हुँदैछ । त्यसकारण गठबन्धन विरुद्द केशव स्थापित नै ‘वजनदार’ उम्मेदवार भएको स्वीकार गर्दै उनलाई नै टिकट दिने पक्का भएको एमाले स्रोत बताउँछ । २०७४ को निर्वाचनमा पनि स्थापित मेयरको आकांक्षी थिए । तर, त्यतिबेला विद्यासुन्दर शाक्यलाई एमालेले उम्भायो । शाक्यलाई जिताउन केशव स्थापितको पनि उल्लेख्य भूमीका छ । तर, यसपटक पनि प्रमुख दाबेदार भनिएका शाक्यलाई नै दोहोर्याउँदा उनको कार्यकालमा काठमाडौँमा देखिने काम नभएकाले उनलाई आफ्नै मतदाताले नपात्याउने आँकलन गरेर स्थापितलाई उभ्याउने र स्थापित गठबन्धनका लागि ‘क्षेप्यास्त्र’ नै सावित हुने दाबी एमाले स्रोतको छ ।बागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्री भइसकेका स्थापित मुख्यमन्त्री डोरमणी पौडेलसँगको विवादका कारण हटाईएका थिए ।  ‘उहाँ जे हो त्यो बोल्नुहुन्छ, कतिपय सवालहरु उहाँले आफ्नै नेताहरुविरुद्द पनि गर्नुहुन्छ, उहाँको यो कमजोरी होइन, जनताका सवाल उठाउँदा कमजोर हुँदैन, उहाँले जहिल्यै काठमाडौँका बासीको कुरा गर्नुहुन्छ’ एमालेका एक शीर्षस्थ नेता भन्छन्, ‘अहिले पनि काठमाडौँ महनगरमा सबैभन्दा बढी मत मात्रै होइन, गठबन्धनका सबैको मत जोड्दा पनि एमाले बलियो छ, उहाँ (केशव स्थापित) उम्मेदार हुँदा त झन अहिले भईरहेको मतमा ३० प्रतिशत जोडिएर आउँछ ।’निडर र आशावादी व्यक्तित्वः रैथाने नेवारकेशव स्थापित भिजन भएका र विकासवादी नेताकै रुपमा चिनिन्छिन् । आफ्नो जति अरुको क्षमता छैन भन्ने स्वभाव हुँदाहुँदै पनि काठमाडौँका जनताले विकासवादी नेताका रुपमा चिनेका व्यक्ति हुन् उनी ।उनले २०५१ सालमै विवाद र आलोचनाकै बीचमा खेलकुद परिषद्को सदस्य सचिव भएर सफलताका साथ काम गरेर देखाएका थिए । २०४९ को स्थानीय चुनावमा उपमेयरमा पराजित भएपनि २०५४ मा मेयर नै जितिदिए । मेयरमा जितेनन् मात्रै, उदाहरणीय काम गरेर सफल मेयरको उपमा पनि पाए ।अहिले माइतीघर मण्डला रहेको ठाउँमा सडक अतिक्रमण गरेर त्यतिबेला बजार बसेको थियो । स्थापिथ आफैँ अघि लागेर त्यो बजार नै भत्काएर रातारात आकर्षक मण्डला खडा गरे ।सडक पूर्वाधारतर्फ कालिमाटी–कुलेश्वर खण्ड विस्तार गरेर चौडा बनाए । कुनैपनि सडकको नामाकरण हुन नसकेको अवस्थामा उनले काठमाडौँका सबैजसो सडकको नामाकरण गरिदिए । आफ्ना पीता बितेको समयमा समेत स्काभेटरसँगै सडकमा बसेर काममा खटिन्थे । त्यसबेला देखिको उनको जोश अहिले पनि उस्तै छ भन्छन् उनलाई नजिकबाट चिन्नेहरु ।विकासप्रेमी एकातिर हुन् भने अर्कोतिर उनी काठमाडौँका रैथाने नेवार समुदायका व्यक्ति हुन् । उनलाई उपत्यका बाहिर पनि धेरैले अतिथि वक्ताका रुपमा लगिरहन्छन् । विकास तत्काल गर्न सकिन्छ भनेर सपना देखाउने, योजना बनाउने, बनाइएका योजना जनतालाई सुनाई हाल्ने, निराशाका कुरा नगर्ने, सबैलाई आशावादी बन्न उत्प्रेरणा दिईरहने, जोखिम मोल्न नडराउने उनको स्वभाव सबैले मन पराउँछन् ।युवा संघको संस्थापक महासचिवपार्टीको भातृ संगठनमा केपी ओली र केशव स्थापित एउटै कमिटीमा थिए भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । अझ, एउटै कमिटीमा मात्रै होइन, दुवै जना कार्यकारी भूमीका थिए । २०४७ सालमा एमालेको तत्कालिन भातृ संगठन ‘प्रजातान्त्रिक राष्ट्रिय युवा संघ’को अध्यक्ष केपी ओली थिए भने केशव स्थापित महासचिव थिए । त्यतिबेला यो संगठन जति शक्तिशाली अरु संगठन थिएनन् । ओली यो संगठनको संस्थापक अध्यक्ष, स्थापित संस्थापक महासचिव ।ओलीपछि स्थापित नै यो संगठनको अध्यक्ष बनेका थिए । स्थापित भन्दा पछि युवा संघको अध्यक्ष भएकाहरु एमालेको पदाधिकारी, स्थायी कमिटी सदस्य र मन्त्री नै भईसके । तर, स्थापित अहिले पनि एमालेको केन्द्रीय सदस्यमा सिमित छन् ।

ओली नेतृत्वको सरकार सफल : महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले केपी ओली नेतृत्वको सरकारले विकास र समृद्धिमा सफलता हासिल गरेको दावी गरेका छन् । शुक्रबार मङ्गलबजारमा आयोजित एमाले ललितपुरको आठौँ अधिवेशनको उद्घाटनमा महासचिव पोखरेलले ओली नेतृत्वको साढे तीन वर्षे सरकारले देशभरमा सडक, पुलको निर्माणमा उल्लेखीय काम गरेको र रेल निर्माणका लागि महत्वपूर्ण सम्झौता गरेको तर्क गरे ।पहिले पूर्व–पश्चिम एउटा मात्रै राजमार्ग रहेकामा ओली नेतृत्वको सरकारले चार राजमार्ग निर्माण अघि बढाएको उनले बताए । अरु पार्टीले पहिले रेलको कुरा गर्

सभ्यताको ज्योति नेपालमा बल्यो, अरुले झिल्को लगेर विकास गरे : ओली

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताएका छन् । सभ्यताको सृष्टि हाम्रै भूमिमा भएको तर्क गर्दै उनले यसलाई जोगाएर अघि बढ्दामात्रै इतिहासमाथि न्याय हुने स्पष्ट पारे ।संस्कृति बचाऊ अभियन्ताहरुसँग बुधबार आफ्नै निवास बालकोटमा भएको भेटमा ओलीले हाम्रा पूर्वजहरुसँग अरु कसैले तुलना हुन नसक्ने बताए । उनले सभ्यताको ज्योति यहाँ बलेको र अरुले झिल्को लगेर नयाँ सभ्यताको विकास गरेको प्रवचनसमेत दिए ।सभ्यताको आगो यहाँ बालिएको तर त

एमाले महाधिवेशन हेर्न चितवन आएकाहरू भन्छन् : अब भाषण होइन, विकास चाहिन्छ

१० मंसिर, चितवन । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका नेत्रप्रसाद पराजुुली १६ घण्टाको बस यात्राबाट शुक्रबार चितवन आइपुगे । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन हेर्न चितवन आइपुगेका उनी आफू कांग्रेस समर्थक भएको बताउँछन् । ‘म एमालेको कार्यकर्ता होइन । तर, केपी ओलीको शुभेच्छुुक भएकाले यहाँ आएको हुँ,’ पराजुलीले अनलाइनखबरसँग भने, ‘अरु नेता भन्दा ओली मलाई मन […]