अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुनको मूल्य बढ्न थालेको छ । सुन चाँदीसम्बन्धी जानकारी राख्ने गोल्डप्राइस डटकमका अनुसार अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुनको भाउ बढिरहेको हो । तथ्यांकअनुसार एक महिनाको अवधिमा सुनको मूल्य ३.७१ प्रतिशतले र ६ महिनाको अवधिमा ४.०८ प्रतिशतले बढिसकेको छ । यो अझै बढ्ने क्रम जारी छ ।
अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ६१ अमेरिकी डलर छ । यो एक महिनाको तुलनामा ६५ डलर र ६ महिना अघिको तुलनामा ७२ डलरले बढी हो । ६ महिनाअघि सुनको मूल्य प्रतिऔंस १७ सय ८९ अमेरिकी डलर थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्न थालेसँगै नेपालमा समेत बजार भाउ...